आईपीएल २०२० को फाइनलमा डिफेन्डिङ च्याम्पियन मुम्बई इन्डीएन्स र दिल्ली क्यापिटल्स प्रतिस्पर्धा गर्दैछन्। खेल युएईको दुबई स्थित दुबई अन्तर्राष्ट्रिय स्टेडियममा ७:४५ बजे राति सुरु हुने खेलमा दिल्लीले टस जितेर पहिले ब्याटिंग गर्ने निर्णय लिएको छ।
दोश्रो क्वालीफायरमा पनि दिल्लीले टस जितेर पहिले ब्याटिंग गर्दै जित हात पार्न सफल भएको थियो। ऐयरले पछिल्लो खेलमा पहिले ब्याटिंग गर्दा राम्रो नतिजा आएकोले यो निर्णय लिएको बताए। उनले टिमको बलिंगमा आफुलाई आत्मविश्वास रहेको बताए। उनले विकेट राम्रो देखिएको र राम्रो योगफल बनाउदै मुम्बईलाई दबाब दिने बताए। उनले मुम्बई टिमको तारिफ गर्दै आफ्नो लागि गुमाउनु पर्ने कुरा केहि नरहेको बताए। दिल्लीले अन्तिम-११ मा कुनै पनि परिवर्तन गरेको छैन
दिल्ली क्यापिटल्सको अन्तिम ११ : शिखर धवन, मार्कस स्टोइनिस, अजिंके रहाने, श्रेयस ऐयर ( कप्तान ) , शिमरन हेटमायर, रिशभ पन्त ( विकेटकिपर ) , अक्षर पटेल, प्रभिन दुबे, कागीसो रबाडा, रभीचन्द्र आश्विन, एनरिक नोर्किया
मुम्बई इन्डीएन्सको अन्तिम ११ : रोहित शर्मा ( कप्तान ) , क्विन्टन डीकक ( विकेटकिपर ) , सूर्यकुमार यादव, इशान किशन, हार्दिक पान्ड्या, काइरन पोलार्ड, क्रुनाल पान्ड्या, नाथन कुल्टर नाइल, जयन्त यादव, ट्रेन्ट बोल्ट, जस्प्रित बुम्राह