कोरोना भाइरसविरुद्धको कुन खोप कहिले आइपुग्छ ?

संसारभर सबैको एउटै साझा चिन्ता छ, कोरोना भाइरसविरुद्धको खोपको विकास कहिले होला ? यो आमनागरिकको पहुँचमा कहिले पुग्ला ?

यसको उत्तर सहज छैन। तर, धेरैको अनुमान छ कि परीक्षणका क्रममा रहेका केही खोपले नोभेम्बर अन्तिमसम्ममा सफलता पाउनेछन्। अर्को वर्ष मध्यसम्म आमनागरिकको पहुँचमा खोप पुग्नेछ।

विश्व स्वास्थ्य संगठनका अनुसार खोप विकास गर्न विश्वभरका १ सय ८२ कम्पनीले क्लिनिकल परीक्षणका लागि आवेदन दिएकामा ३६ वटाले अनुमति पाएका छन्। फाइजर र बायोएनटेकबाहेक अन्य ९ वटा खोप तेस्रो चरणको परीक्षणमा छन्।

जर्मनीको बायोएनटेक कम्पनीसँग मिलेर फाइजरले विकास गरेको खोपको परीक्षण सफल भएको घोषणा गरेको छ। विभिन्न ६ देशका ४३ हजार ५ सय ५३ व्यक्तिमा गरिएको परीक्षणमा ९० प्रतिशत सफलता मिलेको फाइजर र बायोएनटेकको दाबी छ।

यस्तै खोप विकासमा सफलताउन्मुख कम्पनी हो मोडर्ना इंक। अमेरिकन बायोटेक्नोलोजी कम्पनी मोडर्ना इंकले पनि खोप विकासमा महत्त्वपूर्ण सफलतानजिक रहेको घोषणा गरेको छ। उसले तेस्रो चरणको परीक्षणअन्तर्गत ३० हजार व्यक्तिमा खोप परीक्षण गर्दै छ। जसमध्ये २५ हजार ६ सय ५४ जनाले दोस्रो खोप लिएका छन्। मोडर्ना र फाइजर र बायोएनटेकले यही महिना अन्तिमसम्म सर्वसाधारणमा खोप प्रयोगका लागि आवश्यक अनुमति आपत्कालीन रूपमा प्राप्त गर्न अनुमति दिने तयारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यी दुवैले अर्को वर्ष मध्यसम्म आमनागरिकको उपभोग गर्ने गरी खोपको विकास गरिसक्ने घोषणा गरेका छन्।

तेस्रो चरणको परीक्षणको अन्तिम चरणमा रहेको खोप हो, अक्सफोर्ड–एस्ट्राजेनेका बेलायत। अक्सफोर्ड विश्वविद्यालयले विकसित गरेको यो खोप डिसेम्बर अन्तिमसम्म तेस्रो चरणको परीक्षणको नतिजा आउन सक्छ। तर, क्रिसमसअघि नै नतिजा आउन सक्नेमा भने स्वयम् खोपका प्रमुख परीक्षण अन्वेषक ढुक्क छैनन्। खोपका बारेमा अक्सफोर्ड भ्याक्सिन ट्रायलका प्रमुख अन्वेषक एन्ड्र्यु पोलार्डले भने, ‘यो वर्षको अन्तिमसम्म हामी खोप विकासमा सफल हुन्छौं।’ उनले सफलताको नजिक पुगे पनि ढुक्क हुने अवस्था नरहेको स्पष्ट पारे।

जोनसन एन्ड जोनसन कोरोना भाइरस खोप
जोनसनले अघिल्लो महिना ६० हजार व्यक्तिमा तेस्रो चरणको खोप परीक्षण सुरु गरेको थियो। परिणाम अर्को वर्षको सुरुसम्म आइसक्ने उसको विश्वास छ। परीक्षण सफल भए जोनसनले सन् २०२१ सम्ममा एक अर्बभन्दा बढी परिमाणमा खोपको विकास गर्ने भएको छ। पहिलो र दोस्रो चरणको परीक्षणमा खोपले मानिसमा प्रतिरोधात्मक क्षमता बढाएको अनुसन्धानले देखाएको छ।

गामालिया रिसर्च सेन्टर (रुस)
गामालिया रिसर्च सेन्टरले पनि कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेको छ। स्पटनिक भी नाम दिइएको खोप विश्वकै पहिलो दर्ता गरिएको खोप भएको दाबी छ। जुन विश्व स्वास्थ्य संगठनले तेस्रो चरणको परीक्षणका लागि मान्यता दिएको विश्वका १० खोपमध्ये एक हो। रसियाका ४० जना नागरिकमा यसको परीक्षण हुँदै छ। दुई चरणको खोप प्रभावकारी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्। रसियाली नागरिकले खोप निःशुल्क पाउनेछन् भने सुरुमा स्वास्थ्यकर्मी, शिक्षक, यातायातकर्मी र सुरक्षाकर्मीलाई खोप उपलब्ध गराइनेछ।

तेस्रो चरणको परीक्षण अनुमति पाउने विश्वका १० खोपमध्ये चीनमा विकास भइरहेको क्यानसिनो पनि एक हो। क्यानसिनोले शनिबार परीक्षण सुरु भएको जनाएको छ। उसले क्यानसिनो खोप मेक्सिकोमा परीक्षण गरिरहेको छ। १५ हजार नागरिकमा परीक्षण गरिने खोप मेक्सिकी अधिकारीबाट अक्टोबरमै अनुमति पाइएको कम्पनीले जनाएको छ। चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सका अनुसार मेक्सिको सरकारसँग क्यानसिनोले ३ करोड ५० लाख खोप उपलब्ध गराउने सम्झौता गरेको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खगेन्द्र भण्डारीले लेखेका छन् ।

सिफारिस

प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं - नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको देश हो। हिमाल, पहाड, वनजंगल, नदी तथा उच्च हिमाली मैदानहरूले यहाँको पर्यटनलाई विश्वभर चिनाएको छ।...

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

भर्खरै

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

धेरै पढिएको