काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको छ । महासचिव विष्णु पौडेलले दुवै अध्यक्षसँगको परामर्शमा शुक्रबारलाई बैठक बोलाएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए ।
पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, नारायणकाजी श्रेष्ठ लगायतले बैठकका लागि मागपत्र बुझाउनुपर्ने अवस्था आएको पार्टीमा भोलिका लागि भने दुवै अध्यक्षसँगको परामर्शमा महासचिव विष्णु पौडेलले बैठक बोलाएका हुन्।
यसअघि बहुमत सचिवालय सदस्यले आज बिहीबारका लागि बोलाएको बैठकका थिए । मंगलबार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।