नेपालले खेल्ने विश्वकप २०२२ को छनोट खेल तालिका र मिति तय

काठमाडौँ – फिफा विश्वकप कतार २०२२ र एएफसी एसियन कप चीन २०२३ को छनोट चरणको नयाँ खेल तालिका तय भएको छ। कोरोना भाइरसका कारण स्थगित भएका खेलको नयाँ तालिकालाई एएफसी प्रतियोगिता समितिले स्वीकृत गरेको हो।

छनोट अन्तर्गत अहिले भइरहेको दोस्रो चरणका खेलहरू आगामी जुन १५ सम्म सक्ने गरी नयाँ खेल तालिका तय भएका छन्। नयाँ खेल तालिकाअनुसार दोस्रो चरणको छनोटअन्तर्गत म्याच डे ७ र म्याच डे ८ का खेल आगामी मार्चमा हुनेछन्। यस्तै म्याच डे ९ र म्याच डे १० का खेल जुनमा गरिनेछ।

जुनमा दोस्रो चरण सकिएपछि तेस्रो चरणको छनोट सेप्टेम्बर २०२१ मा सुरु गरिनेछ। एएफसीका अनुसार मार्च २०२२ सम्ममा छनोट चरण सकिनेछ। यसअघि छनोटका खेलहरू अक्टोबर ८ र १३ तथा नोभेम्बर १२ र १७ गराउने भनिएको थियो। तर कोरोनाका कारण छनोट खेलहरु २०२१ सम्मका लागि स्थगित गरिएको थियो। दोस्रो चरणको छनोटमा नेपालले अब तीन खेल खेल्न बाँकी छ। म्याच डे ७, ८ र ९ का खेलहरू नेपालले घरेलु मैदानमा खेल्ने तय छ।

नेपालले चाइनिज ताइपेई, अस्ट्रेलिया र जोर्डनसँग खेल्नेछ। समूह ‘बी’ मा रहेको नेपाल पाँच खेलमध्ये एउटामा जित निकाल्दै तीन अङ्क जोडेर चौथो स्थानमा छ। नेपालले चाइनिज ताइपेईलाई हराएको थियो। अन्य चार खेलमा पराजित भएको थियो।

नेपालको समूहमा अस्ट्रेलिया १२ अंकका साथ शीर्ष स्थानमा छ समान खेलबाट १० अंक जोडेका कुवेत र जोर्डन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। कुनै अंक नजोडेको चाइनिज ताइपेई पाँचौं स्थानमा छ।

सिफारिस

निजी विद्यालयको नाम नेपालीमै राख्न बालेनको एक महिने ‘अल्टिमेटम’

काठमाडौं - काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम नेपालीकरण गर्न एक महिनाको समय दिएको छ । बिहीबार सूचना जारी गरी महानगरले नेपालीमा नाम राख्न निजी...

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न मातहतका निकायलाई निर्देशन दिएको छ। सादा पोशाकमा परिचालन हुने (घुमुवा) प्रहरी गैरव्यावसायिक क्रियाकलापमा संलग्न हुने गरेको...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको नायव महानिरीक्षक (डीआईजी)मा बढुवा सिफारिस भएका छन्। गृहमन्त्रालयको बढुवा समितिको सचिवालयले सूचना जारी गर्दै अधिकारीलाई शसस्त्र...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका सादा पोशाकमा जनशक्ति परिचालन नगर्न निर्देशन

काठमाडौँ – नेपाल प्रहरीले सादा पोशाकमा जनशक्ति परिचालन नगर्न...

एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी) दिपक अधिकारी सशस्त्र प्रहरीको...

मौसम: आइतबारसम्म पानी पर्ने, आज यी स्थानमा हुनेछ वर्षा

हाल नेपालमा स्थानीय वायुको उल्लेख्य प्रभाव रहेका कारण तीन...

बज्रचार्यले लिए पर्यटन मन्त्रीको शपथ

हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रमान बज्रचार्य बागमती प्रदेश सरकारमा...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकले गरेको ५ निर्णय

बिहीबार अपरान्ह सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न ५ निर्णय...

मिलन लिम्बूले पाए राष्ट्रिय स्वतन्त्र पार्टीबाट इलाम २ को टिकट

राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १५ गते हुन लागेको इलाम...

धेरै पढिएको