भारतको सैनिक कलेजभित्र बसेकी नेपाली महिला पक्राउ, को हुन् ती महिला ?

भारतको पुणेमा सैनिक कलेजभित्र अवैध रुपमा बस्दै आएकी एक जना नेपाली महिला पक्राउ परेकी छन् । दापोदीस्थित कलेज अफ मिलिट्री इन्जिनियरिंग (सीएमई) परिसरमा बस्दै आएकी पक्राउ गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

प्रहरीले नवलपरासीकी २६ वर्षीया एलिसा मनोज पाण्डे खड्कालाई पक्राउ गरेको जनाएको छ । भारतीय प्रहरीले कप्तान पदमा कार्यरत एक भारतीय सैनिक अधिकारीको भूमिका संकास्पद रहेकाले अनुसन्धान गरिरहेको छ । जसको क्वार्टरमा महिला विगत केही महिनादेखि बसिरहेकी थिइन् ।

एफआईआरका अनुसार खड्काविरुद्ध भवानी पेठेका इमरान अब्दुल कादिर हजवानीबाट उजुरी आएको थियो । हाजवानीले आरोपीले उनलाई संयुक्त अरब एमिरेट्सको व्यवसायमा साझेदार बनाउने झूटो आश्वासन दिएर ८५ लाख रुपैयाँ ठगी गरेको आरोप लगाएका छन् । प्रारम्भिक अनुसन्धानले खड्का सीएमई परिसरमै बस्ने गरेको कुरा पत्ता लगाएको थियो ।

पिम्परी चिञ्च्वाड प्रहरीले सीएमई अधिकारीहरूसँग सम्पर्क गरेर अनुसन्धानमा उनीहरूको सहयोग मागेको थियो । प्रहरीलाई सहयोग गर्न एक सीएमई टोली गठन गरिएको थियो । उनीहरूले सेनाको क्याप्टेनको आवासीय क्वार्टरमा खड्कालाई फेला पारेको थियो ।

पक्राउ परेकी महिला मार्च २३ को राती ११ बजे फुगेवाडी क्षेत्रमा पर्खालबाट हामफालेर सीएमई परिसरभित्र पसेकी थिइन र उनले त्यसबेलादेखि सेना क्याप्टेनको क्वार्टरमा बसिरहेकी थिइन् ।

ती क्याप्टेनले खड्काले किन क्वार्टरभित्र छिरेकी हुन् र उनी सीएमई परिसरमै बस्छिन् भन्ने प्रश्नको जवाफ दिएका छैनन् । ‘यस्तो किसिमको गतिविधिले सेनाका अधिकारी र सेनाको भविष्यलाई नै खतरा हुन्छ’, स्रोतले भन्यो ।

ति महिलाले सेनाका क्याप्टेनलाई केही महिनाअघि नै पार्कमा भेट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । यो मुद्धामा सेनाले क्याप्टेनको भूमिकाबारे पनि अनुसन्धान गरिरहेको छ ।

‘हामीले नेपाली महिलालाई पक्राउ गरेका छौं । उनलाई मंगलबार अदालतमा हाजिर गरिएको थियो । अदालतले उनलाई नोभेम्बर १२ सम्म प्रहरी हिरासतमा राख्न आदेश दिएको छ । भारतीय सेनाको क्याप्टेनलाई पनि यस मुद्दामा अभियुक्तको रूपमा नामित गरिएको छ । हामीले उनलाई सोध्न सेनाका अधिकारीहरुबाट अनुमति लिइसकेका छौं,’ वरिष्ठ प्रहरी निरीक्षक शंकट अवताडेले भने ।

सिफारिस

टुँडिखेलमा मनाइयो सेनाको २६३ औँ स्थापना दिवस (तस्वीरहरू)

नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले आज २६३ औँ स्थापना दिवस तथा शिवरात्रि विविध कार्यक्रम गरी मनाइएको छ। राष्ट्रपति रामचन्द्र पौडेल शिवरात्री तथा सेना...

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको आयोजनामा निर्वाचन प्रहरी लक्षित सर्पदंश रोकथाम तथा व्यवस्थापन सम्बन्धी चेतनामूलक तालिम कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम स्पिरिट’ प्रतियोगितामा नेपाली सेनाको टोलीले सर्वाधिक अंक प्राप्त गर्दै स्वर्ण पदकसहित प्रथम स्थान हासिल गरेको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राज र दुर्गाले दिए बर्दघाटमा सर्पदंश रोकथाम तथा व्यवस्थापन तालिम

बर्दघाट, नवलपरासी पश्चिम — बर्दघाट नगरपालिकामा इलाका प्रहरी कार्यालयको...

पाकिस्तानमा नेपाली सेनालाई स्वर्ण पदक

काठमाडौं – पाकिस्तानमा सञ्चालन भएको नवौं ‘पाकिस्तान आर्मी टिम...

चिनियाँ नयाँ वर्षको अवसरमा पोखरामा वसन्त उत्सव साँझ (तस्वीरहरू)

चिनियाँ नयाँ वर्षको अवसरमा सोमबार साँझ पोखरामा चिनियाँ सांस्कृतिक...

नेपाल–चीन मैत्रीपूर्ण फुटबल खेलमा नेपालको जित (तस्वीरहरू)

चीनको आउँदै गरेको नयाँ वर्षको अवसरमा आज शनिबार दशरथ...

पर्यटक लोभ्याउदै कोन्ज्योसोमको तीन मूर्ति बुद्ध पार्क (तस्वीरहरू)

राजधानी काठमाडौं नजिकै रहेको ललितपुरको कोन्ज्योसोम पछिल्लो समय आकर्षक...

धेरै पढिएको