काठमाडौँ – नेकपाका उपाध्यक्ष वामदेव गौतमको मुद्धा प्रकरणमा पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले टिप्पणी गर्दै न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्ने बताएका छन् ।
डा. भट्टराईले चुनाव हारेपछि पनि चोरबाटोबाट सांसदरमन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८९४०को ब्यवस्था गरिएको हो भन्दै हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दै छैनौं रु भन्दै अदालतको फैसलामाथि प्रश्न गरेका छन् ।
उनले भनेका छन् चुनाव हारेपछि पनि चोरबाटोबाट सांसदरमन्त्री बन्ने कुसंस्कार रोक्नलाई नै संविधानको धारा ७८९४०को ब्यवस्था गरिएको हो । न्यायाधीशले संविधान र कानूनको अक्षर मात्र हैन त्यसको स्पिरिट पनि हेर्नुपर्छ । हामीले यो स्पिरिट बुझ्ने संवैधानिक अदालत सट्टा पुरानै सोचको इजलास राखेको पाप त भोग्दैछैनौं ?
नेता गौतम राष्ट्रिय सभामा मनोनित भएपछि उनको मनोनयन संबिधान विपरित भएको भन्दै दायर भएको मुद्धामा सर्वोच्च अदालतको संबैधानिक इजलासले अन्तरिम आदेश जारि गण नपर्ने फैसला बुधबार सुनाएको थियो । सो फैसला पछि गौतमलाई मन्त्री बन्न समेत बाटो खुलेको छ ।
