नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले ल्यायो यस्तो नीति

काठमाडौं – नेपालमा गोर्खा भर्ती रोक्नुपर्ने माग बढिरहेका बेला भारतले गोर्खा राइफल्स रेजिमेन्टमा आफ्नै देशभित्रका युवाहरुलाई बढी प्राथमिकता दिने नीति अगाडि बढाएको छ ।

हालै भारतीय सेनाले उत्तराखण्ड राज्यको गढवाल र कुमाउका युवालाई गोर्खा पल्टनमा भर्ना लिने नीतिगत निर्णय लिएको छ । यस अगाडि उनीहरुले गोर्खा पल्टनमा भर्ना हुन पाउँदैनथे ।

नेपाल र भारतबीच अन्य विभिन्न विषयमा पुनरावलोकन गर्ने गृहकार्य भए पनि गोर्खा भर्तीका बारेमा भने अहिलेसम्म औपचारिक कुराकानी भएको छैन । कुमाउ र गढवाली युवालाई प्रवेश गर्न दिने नयाँ नीतिले अहिले नै धेरै प्रभाव नपर्ने बताइएको छ । अहिले केही सीमित संख्यामा मात्र गढवाल र कुमाउका युवाहरुलाई भर्ना गरिने छ ।

भारतले केही दशकयता नेपाली युवाहरुको संख्यालाई भने कमी गर्दै आइरहेको छ । आसाम राइफलमा नेपाली युवा भर्ना गर्ने प्रक्रियालाई भारतले सन् २००० देखि नै रोकेको हो । सन् १९७० को दशकसम्म भारतले गोर्खा राइफल्समा सबै नेपाली युवालाई मात्र भर्ना गर्ने गरिएको थियो त्यसपछि नेपाल र भारतको वीचको अनुपात ७०/३० थियो ।

अहिले भारतीय सेनामा ४० गोर्खा राइफल्स छन् । अहिले नेपाल र भारतको वीचमा ६०/४० को अनुपातमा भर्ना लिँदै आएको छ ।तर, केही वर्ष अगाडि सबै भारतीय सेना मात्रै भएको एक वटालियन खडा गरिएको थियो ।

पछिल्लो समय विशेषतः भारत र चीनका वीचमा द्वन्द्व बढ्दै गएपछि र पाकिस्तानसँगको लडाइँमा नेपाली युवाहरु मारिन थालेपछि गोर्खा भर्तीको विषयमा विभिन्न कोणबाट बहस भइरहेका छन् ।

नेपालले सन् १९४७ मा नेपाल, भारत र वेलायतका वीचमा भएको त्रिपक्षीय सम्झौतामा पुनरावलोकनका लागि बेलायतसँग गत वर्ष नै प्रस्ताव गरे पनि भारतसँगको विषयमा भने केही पनि बोलेको छैन ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको