डडेल्धुरामा कांग्रेस भित्र किचलो, सभापतिले भद्र सहमति उल्लंघन गरेको भन्दै ध्यानाकर्षण पत्र

डम्बर निदाल
डडेल्धुरा – नेपाली कांग्रेस जिल्ला कार्य समिती डडेल्धुरालाई विधि र विधान अनुसार चल्न अनुरोध गर्दै ध्यानाकर्षण गराएको छ । जिल्ला कार्य समिती पुर्व सभापती रघुवर भट्ट सहित वर्तमान जिल्ला कार्य समिती कै पदाधिकारी र भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख लगाएत जिल्ला कार्य समिती सदस्यहरुले पार्टीको सदस्यता नविकरणका साथै नयाँ वितरण पार्टीको विधि र विधान अनुसार गरिनु पर्ने भन्दै विहिवार ध्यानाकर्षण पत्र बुझाएका हुन ।

नेपाली काँग्रेस डडेल्धुराको असोज ७ गते बसेको कार्य समिति बैठकमा भएको भद्र सहमतिलाई उल्लंघन गरेको भन्दै पुर्व सभापति रघुबर भट्टपक्षधरले पार्टी सभापति कर्ण मल्लको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेस डडेल्धुराको जिल्ला कार्य समिती वैठकमा भएको क्रियाशिल सदस्यता नविकरणका साथै नयाँ वितरणको सम्वन्धमा भएको निर्णय सहमती र सहकार्य बिपरित भईरहेको प्रति ध्यानाकर्षण गर्दै हस्ताक्षर सहितको पत्र कार्यवाहक सभापतीलाई वुझाएका हुन ।

क्रियाशिल सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गर्न दुवै पक्षविच भएको सहमति उल्लंघन गर्दै पार्टी सभापतिले क्रियाशिल सदस्यता वितरण गरेको र उक्त कार्य तत्काल सच्याउनु पर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । सहमति अनुसार पार्टीको सांगठनिक गतिविधि गर्नुपर्ने थियो तर त्यसो नभई एकल निर्णय र मनोमानि रुपमा पार्टीका गतिविधि लगायत क्रियाशिल सदस्यता वितरण गरेको भन्दै पूर्व सभापति रघुबर भट्टलगायत ३१ जना नेता कार्यकर्ताहरुले संयुक्त हस्ताक्षर गरी पार्टी सभापति कर्ण मल्लको ध्यानाकर्षण गराएका छन् ।

वैठकमा विगतका कमी कमजोरी, सच्याएर सागंठनिक गतिविधीमा हातेमालो गर्ने गरि सहमती भएको भएपनि जिल्लाको नेतृत्वले एकलौटी ढगंवाट नविकरण र नया सदस्यता वितरण गरि रहेको आरोप ध्यानाकर्षण पत्र बुझाउने पदाधिकारीको रहेको छ । नविकरण प्रक्रिया शुल्कसमेत पारदर्शि नभएको आरोप ध्यानाकर्षण पत्रमार्फत पार्टीलाई वुझाएको पुर्व उपसभापती कैलाश कुमार पाण्डेयले जनाएका छन ्। नयाँ क्रियाशिल सदस्यता फरामका वारेमा कुनै छलफल, सहमती तथा निर्णय नै नगरि पार्टी सभापती कर्णबहादुर मल्लले आफ्नै मनपरि ढगंले चलेको प्रति आपत्ती समेत जनाएको कार्यक्रममा सहभागी नेताहरुले वताए ।

पार्टी सभापतीले गलत कदम सच्याउनु पर्ने उनले जनाएका छन । तर नेपाली काग्रेंस डडेल्धुराका पार्टी सभापती मल्ल जिल्ला वाहिर रहेको भएपनि उक्त ध्यानाकर्षण पत्र भने कार्यवाहक सभापती करुणाकर भट्टले बुझेका थिए । ध्यानाकर्षण पत्र बुझ्ने क्रममा कार्यवाहक सभापती भट्टले उक्त कुराको समिक्षा गरिनु पर्ने वताएका छन । कमि कमजोरी सवैका रहेका छन । नविकरण र नयाँ सदस्यता फरामका वारेमा समिक्षा गरिनु पर्ने जनाएका छन ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको