डडेल्धुरामा कांग्रेस भित्र किचलो, सभापतिले भद्र सहमति उल्लंघन गरेको भन्दै ध्यानाकर्षण पत्र

डम्बर निदाल
डडेल्धुरा – नेपाली कांग्रेस जिल्ला कार्य समिती डडेल्धुरालाई विधि र विधान अनुसार चल्न अनुरोध गर्दै ध्यानाकर्षण गराएको छ । जिल्ला कार्य समिती पुर्व सभापती रघुवर भट्ट सहित वर्तमान जिल्ला कार्य समिती कै पदाधिकारी र भातृ तथा शुभेच्छुक संस्थाका प्रमुख लगाएत जिल्ला कार्य समिती सदस्यहरुले पार्टीको सदस्यता नविकरणका साथै नयाँ वितरण पार्टीको विधि र विधान अनुसार गरिनु पर्ने भन्दै विहिवार ध्यानाकर्षण पत्र बुझाएका हुन ।

नेपाली काँग्रेस डडेल्धुराको असोज ७ गते बसेको कार्य समिति बैठकमा भएको भद्र सहमतिलाई उल्लंघन गरेको भन्दै पुर्व सभापति रघुबर भट्टपक्षधरले पार्टी सभापति कर्ण मल्लको ध्यानाकर्षण गराएका छन् । नेपाली कांग्रेस डडेल्धुराको जिल्ला कार्य समिती वैठकमा भएको क्रियाशिल सदस्यता नविकरणका साथै नयाँ वितरणको सम्वन्धमा भएको निर्णय सहमती र सहकार्य बिपरित भईरहेको प्रति ध्यानाकर्षण गर्दै हस्ताक्षर सहितको पत्र कार्यवाहक सभापतीलाई वुझाएका हुन ।

क्रियाशिल सदस्यता नविकरण तथा नयाँ सदस्यता वितरण गर्न दुवै पक्षविच भएको सहमति उल्लंघन गर्दै पार्टी सभापतिले क्रियाशिल सदस्यता वितरण गरेको र उक्त कार्य तत्काल सच्याउनु पर्ने भन्दै ध्यानाकर्षण गराएका छन् । सहमति अनुसार पार्टीको सांगठनिक गतिविधि गर्नुपर्ने थियो तर त्यसो नभई एकल निर्णय र मनोमानि रुपमा पार्टीका गतिविधि लगायत क्रियाशिल सदस्यता वितरण गरेको भन्दै पूर्व सभापति रघुबर भट्टलगायत ३१ जना नेता कार्यकर्ताहरुले संयुक्त हस्ताक्षर गरी पार्टी सभापति कर्ण मल्लको ध्यानाकर्षण गराएका छन् ।

वैठकमा विगतका कमी कमजोरी, सच्याएर सागंठनिक गतिविधीमा हातेमालो गर्ने गरि सहमती भएको भएपनि जिल्लाको नेतृत्वले एकलौटी ढगंवाट नविकरण र नया सदस्यता वितरण गरि रहेको आरोप ध्यानाकर्षण पत्र बुझाउने पदाधिकारीको रहेको छ । नविकरण प्रक्रिया शुल्कसमेत पारदर्शि नभएको आरोप ध्यानाकर्षण पत्रमार्फत पार्टीलाई वुझाएको पुर्व उपसभापती कैलाश कुमार पाण्डेयले जनाएका छन ्। नयाँ क्रियाशिल सदस्यता फरामका वारेमा कुनै छलफल, सहमती तथा निर्णय नै नगरि पार्टी सभापती कर्णबहादुर मल्लले आफ्नै मनपरि ढगंले चलेको प्रति आपत्ती समेत जनाएको कार्यक्रममा सहभागी नेताहरुले वताए ।

पार्टी सभापतीले गलत कदम सच्याउनु पर्ने उनले जनाएका छन । तर नेपाली काग्रेंस डडेल्धुराका पार्टी सभापती मल्ल जिल्ला वाहिर रहेको भएपनि उक्त ध्यानाकर्षण पत्र भने कार्यवाहक सभापती करुणाकर भट्टले बुझेका थिए । ध्यानाकर्षण पत्र बुझ्ने क्रममा कार्यवाहक सभापती भट्टले उक्त कुराको समिक्षा गरिनु पर्ने वताएका छन । कमि कमजोरी सवैका रहेका छन । नविकरण र नयाँ सदस्यता फरामका वारेमा समिक्षा गरिनु पर्ने जनाएका छन ।

सिफारिस

जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषि देव फुयाँल निर्वाचित

काठमाडौं — जिल्ला समन्वय समिति महासंघ नेपालको छैटौँ राष्ट्रिय परिषद् बैठकबाट नयाँ नेतृत्व चयन प्रक्रिया सम्पन्न भएको छ। ललितपुर जिल्ला समन्वय समितिका प्रमुख ऋषि...

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी व्यवहारिक रूपमा फुटिसकेको बताएका छन्। विराटनगरमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको भेलालाई सम्बोधन गर्दै उनले...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

भर्खरै

कांग्रेस व्यवहारिक रूपमा फुटिसक्यो : शशांक कोइराला

विराटनगर — नेपाली कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइराला ले पार्टी...

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

धेरै पढिएको