काठमाडौं – राजसंस्थाको पूर्नस्थापनाको माग गर्दै ‘वीर गोर्खाली’ नामक समूहले विराटनगरमा बिहीबार बृहत मोटर साईकल -यालीको आयोजना गरेको छ । र्यालीमा सहभागीहरुले राजनीतिक दलबाट जनता दिक्क भइसकेको हुदाँ राजतन्त्रको विकल्प नभएको बताए ।
मुलुकलाई नै राजनीतिक दलहरुले अस्तब्यस्त बनाएकाले राजतन्त्रको पुनरागमन अपरिहार्य भएको -यालीमा सहभागीहरुको भनाइ थियो । र्यालीमा सहभागीहरुले उनले कोरोना महामारीका क्रममा समेत सरकार गैह्र जिम्मेवार रुपमा प्रस्तुत भएको आरोप लगाए ।
मुलुकमा राजसंस्था पुर्नस्थापना नभएसम्म स्थिरता कायम हुन नसक्ने र्यालीमा सहभागीहरुको भनाइ छ । र्यालीका क्रममा सहभागिले ‘राजा आउ देश बचाउ’ ‘२०७२ को संबिधान खारेज गर’‘ २ हजार ४७ को संबिधान लागू गर’ र ‘गणतन्त्र धोका हो’ लगायतका नारा लगाएका थिए । राजसंस्था पुर्नस्थापनाको माग गर्दै देशका विभिन्न स्थानमा केही दिनदेखि निरन्तर प्रदर्शन गर्दै आएका छन ।