बैतडी बस दुर्घटना हुँदा ९ जनाको ज्यान गयो, ३४ जना घाइते

डम्बर निदाल
डडेल्धुरा -बैतडीको खोडपेमा गए राति बस दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ, भने ३४ जना घाइते भएका छन ।
दार्चुलाबाट महेन्द्रनगर तर्फ जादै गरेको ना ५ ख ५१४१ नम्बरको बस बिहीबार राती साढे १० बजेतिर दशरथचन्द राजमार्ग सडक खण्ड अन्तर्गत खोडपेमा दुर्घटना हुँदा ८ जनाको घटनास्थलमै र १ जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

बस सानो घुम्तीबाट करिब छ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । मृतकहरुको सनाखत हुन सकेको छैन ।मृत्यु हुनेमा सात जना पुरुष र दुई जना महिला रहेका छन । दुर्घटनामा परी सात जना गम्भीर घाईते भएका छन । उनिहरुको थप उपचारका लागी धनगढी रेफर गरिएको छ । २७ जनाको उपचार डडेल्धुरा अस्पतालमा भईरहेको प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

मृतक मध्ये आठ जनाको शव घटनास्थल बाट निकालिएको छ । एक जनाको शव बस संगै अड्किएकाले आज दिउसो निकालिने प्रहरी नायव उपरीक्षक अधिकारीले बताए ।

प्रहरी र स्थानीय मिलेर राती नै घटनास्थल बाट घाइतेहरुको उद्धार गरिएको थियो । शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल गोठलापानी लगिदै छ । घाइतेहरूलाई राति नै उद्धार गरी डडेलधुरा अस्पताल पु¥याइएको छ । दुर्घटनाको कारण अझै खुलेको छैन । बसका ड्राइभर पनि घाइते भएका जनाएको छ ।

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको