तिहार शुरु : आज काग तिहार मनाइँदै

काठमाडौँ – हिन्दु नेपालीको दोस्रो ठूलो चाड तिहार आजबाट शुरु भएको छ। पाँच दिनसम्म कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया तिथिसम्म तिहार मनाइन्छ।

पाँच दिनसम्म यमराज आफ्ना दैनिक काम स्थगन गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने मान्यता अनुसार यस पर्वलाई यमपञ्चक भनिन्छ। यस वर्ष २७ कात्तिक बिहीबारदेखि नै शुरु भएको यमपञ्चकको दोस्रो दिन आज काग तिहार मनाइँदैछ। वैदिक मान्यता अनुसार, कागलाई सन्देशवाहकका रुपमा मानेर मीठो खाना चढाएर पूजा गर्ने गरिन्छ। कागलाई यमदूत पनि मानिन्छ।

धनवन्तरि जयन्ती एवम् धनतेरस पनि आजै परेको छ। नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार, २९ कात्तिक शनिबार बिहान कुकुर तिहार र बेलुकी लक्ष्मीपूजा परेको छ। अपराह्न १:४९ बजेपछि औंसी तिथि लाग्ने भएकाले साँझ लक्ष्मीपूजा गर्नुपर्ने शास्त्रीय मान्यता छ।

गाई, गोरु र नेवार समुदायको म्हपूजा ३० कात्तिक आइतबार गर्नुपर्ने भनिएको छ। आइतबार बिहान ११:२७ बजेसम्म औंसी तिथि रहेको त्यसपछि कात्तिक शुक्ल प्रतिपदा शुरु हुने भएकाले म्हपूजा यसै दिन गर्नुपर्ने नेवार समुदायका पञ्चाङ्गकारले समेत उल्लेख गरेका छन्।

यस वर्ष १ मंसीरमा परेको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ। त्यसपछि पनि दिनभर नै टीका लगाउन कुनै बाधा र समस्या नरहेको समितिको भनाइ छ। मंसीर महीनामा भाइटीका परेकाले दाइलाई टीका लगाउन हुँदै भनी कतिपयले चर्चा गरे पनि त्यो शास्त्रसम्मत नरहेको समितिले जनाएको छ।

प्रतिपदामा सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने मान्यता अनुसार यस वर्ष भाइटीकाकै दिन नेपाल संवत्‌को नयाँ वर्ष ११४१ मनाउनुपर्ने पनि समितिले जनाएको छ।

सिफारिस

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

धेरै पढिएको