नेपाली फुटबल टोली आज बंगलादेशसँग भिड्दै

नेपाली फुटबलको राष्ट्रिय टोली कोरोना महामारी कारण लामो समयपछि आज मैदानमा उत्रिदै छ । नेपालले आज बंगलादेशसँग मैत्रीपूर्ण खेल खेल्दैछ । ढाकास्थित बङ्बन्धु राष्ट्रिय फुटबल मैदानमा हुने खेल नेपाली समय अनुसार आज बेलुकी ४:४५ बजे हुनेछ।

एक वर्षभन्दा लामो समयपछि नेपाली टोलीले अन्तर्राष्ट्रिय फुटबल खेल्न लागेको हो । नेपालले गत वर्षको नोभेम्बर यता अन्तर्राष्ट्रिय फुटबल खेलेको छैन। नेपालले अन्तिमपटक विश्वकप छनोटअन्तर्गत कुवेतसँग खेलेको थियो । जसमा १–० गोलले पराजित भएको थियो।

त्यसयता कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण कुनै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाल सहभागी भएको थिएन। कोरोना भाइरसको महामारीबीच खेलकुदमा फर्कन बंगलादेशले नेपालसँग मैत्रीपूर्ण खेलको प्रस्ताव गरेको थियो। नेपाल र बंगलादेशबीच दोस्रो र अन्तिम मैत्रीपूर्ण खेल मंसिर २ गते हुने छ।

कोरोना महामारीका बीचमा पनि यस खेलमा निश्चित संख्यामा दर्शकलाई प्रवेश गराइने भएको छ। बंगलादेशफुटबल फेरेडेसन (बिएफएफ)ले दर्शकको संख्या नखुलाए पनि खेलका लागि टिकटको दर भने ताकेको छ।

बिएफएफको हिजो बसेको बैठकले भिआइपी प्याराफिटको टिकट मूल्य ५०० टाका र साधारण प्याराफिटको टिकट मूल्य १०० टाका तोकेको छ।
मैत्रीपूर्ण खेलमा रंगशाला आउने दर्शकले फिफा तथा एएफसीको स्वास्थ्य प्रोटोकलको पालना गर्नुपर्ने संघले जनाएको छ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको