डाक्टर मृत्यु प्रकरण : अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ।

उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालविरुद्ध ९२ करोड ७८ लाख ७३ हजार रुपैयाँ क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो।

त्यसमध्ये ४२ करोड ७८ लाख ७३ हजार रुपैयाँ परिवारका लागि क्षतिपूर्ति दाबी गरिएको छ। विगतमा समेत अस्पतालले गम्भीर लापरबाही गरेकाले त्यस्ता लापरबाही दोहोरिन नदिन दण्डबापत ५० करोड क्षतिपूर्ति दाबी गरिएको छ।

डा. सिंहकी पत्नी विना सिंहले कात्तिक १६ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेकी हुन्। मुद्दामा अस्पताल र त्यहाँ कार्यरत तीन चिकित्सकलाई विपक्षी बनाइएको छ। डा. सिंहको उपचारमा संलग्न विश्व तुलाचन, लक्ष्मी पाठक र डा। सन्तोष शाहलाई चिकित्सकीय लापरबाही ९मेडिकल नेग्लेजेन्सी० गरेको आरोप लगाइएको छ।

उपचारका क्रममा भएको लापरबाहीले श्रीमान्को ज्यान गएकाले क्षतिपूर्तिबापत २५ करोड, श्रीमान्ले २५ वर्ष काम गर्न सक्ने भएकाले परिवार धान्न सो समयको आयआर्जनबापतको साडे १२ करोड, छोराछोरीको अध्ययन खर्चबापत ५ करोड र औषधिउपचारको २८ लाख ७३ हजार क्षतिपूर्ति माग दाबी गरिएको छ। डा. सिंहका एक छोरा र एक छोरी बंगलादेशमा एमबिबिएस अध्ययनरत छन्।

जनकपुर उपमहानगरपालिकाको पुल्चोक स्थायी घर भएका डा. सिंह १० वर्षदेखि भैरहवास्थित मेडिकल कलेजमा अर्थो विभाग प्रमुखको रुपमा कार्यरत थिए। प्राध्यापक सिंह सोही कलेजमा अध्यापनसमेत गर्थे। यो खबर आजको नागरिक दैनिकमा बुटवलबाट रेखा भुसालले लेखेकी छन्।

सिफारिस

प्रधानमन्त्री ओलीले गरे खेलकुदका दुईवटा संरचना उद्घाटन (तस्वीरहरू)

ललितपुर - प्रधानमन्त्री केपी शर्मा ओलीले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा नेसनल हाइ पर्फमेन्स सेन्टर र स्पोर्टस साइन्स रिसर्च सेन्टरको‌ आज उद्घाटन गरेका छन्। नवनिर्मित दुवै...

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति भएको छ। हालसम्म ७ जनाको शव फेला परेको छ भने २० जना अझै सम्पर्कविहीन रहेको...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने १८ जनामम्धे तीन प्रहरी छन् । इलाका प्रहरी कार्यालय टिमुरे रसुवाबाट उद्धारका लागि खटिएका तीनजना प्रहरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

भोटेकोसी बाढी: ७ को शव भेटियो, २० जना अझै सम्पर्कविहीन

लगातारको वर्षापछि आएको बाढीले रसुवा जिल्लामा ठूलो जनधनको क्षति...

रसुवा बाढीमा तीन प्रहरीसहित १८ जना बेपत्ता

काठमाडौं - चीनबाट आएको बाढीमा परेर रसुवामा बेपत्ता हुने...

सांसद ढकालको माग : बाँकी ११ राष्ट्रसँग पनि कूटनीतिक सम्बन्ध स्थापना गरियोस्

काठमाडौँ - संघीय सांसद एकनाथ ढकालले बाँकी रहेका ११...

चलचित्र ‘सिटामोल’को टिजर सार्वजनिक

काठमाडौँ — आगामी साउन २३ गतेबाट प्रदर्शनमा आउन लागेको...

सिजन मिडियाले भाद्र दोस्रो साता अवार्ड आयोजना गर्दै, अस्ट्रेलियामा हुने कार्यक्रमको पनि तयारी

काठमाडौं - लामो समयदेखि सामाजिक, सांस्कृतिक र व्यवसायिक क्षेत्रमा...

आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौँ – हरेक वर्ष असार शुक्ल एकादशीका दिन घरघरमा...

धेरै पढिएको