डाक्टर मृत्यु प्रकरण : अस्पतालविरुद्ध ९३ करोड क्षतिपूर्ति माग्दै मुद्दा

आफू कार्यरत अस्पतालको लापरबाहीका कारण ज्यान गुमाएका हाडजोर्नी विशेषज्ञ डा. ज्ञानेश्वरप्रसाद सिंहको परिवारले झन्डै ९३ करोड क्षतिपूर्ति माग दबी गर्दै भैरहवास्थित मेडिकल कलेजविरुद्ध मुद्दा दायर गरेको छ।

उपचारका क्रममा गत माघमा मृत्यु भएका डा. सिंहको परिवारले भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज एन्ड टिचिङ अस्पतालविरुद्ध ९२ करोड ७८ लाख ७३ हजार रुपैयाँ क्षतिपूर्ति दाबीसहित अदालतमा मुद्दा दायर गरेको हो।

त्यसमध्ये ४२ करोड ७८ लाख ७३ हजार रुपैयाँ परिवारका लागि क्षतिपूर्ति दाबी गरिएको छ। विगतमा समेत अस्पतालले गम्भीर लापरबाही गरेकाले त्यस्ता लापरबाही दोहोरिन नदिन दण्डबापत ५० करोड क्षतिपूर्ति दाबी गरिएको छ।

डा. सिंहकी पत्नी विना सिंहले कात्तिक १६ गते जिल्ला अदालत रुपन्देहीमा मुद्दा दायर गरेकी हुन्। मुद्दामा अस्पताल र त्यहाँ कार्यरत तीन चिकित्सकलाई विपक्षी बनाइएको छ। डा. सिंहको उपचारमा संलग्न विश्व तुलाचन, लक्ष्मी पाठक र डा। सन्तोष शाहलाई चिकित्सकीय लापरबाही ९मेडिकल नेग्लेजेन्सी० गरेको आरोप लगाइएको छ।

उपचारका क्रममा भएको लापरबाहीले श्रीमान्को ज्यान गएकाले क्षतिपूर्तिबापत २५ करोड, श्रीमान्ले २५ वर्ष काम गर्न सक्ने भएकाले परिवार धान्न सो समयको आयआर्जनबापतको साडे १२ करोड, छोराछोरीको अध्ययन खर्चबापत ५ करोड र औषधिउपचारको २८ लाख ७३ हजार क्षतिपूर्ति माग दाबी गरिएको छ। डा. सिंहका एक छोरा र एक छोरी बंगलादेशमा एमबिबिएस अध्ययनरत छन्।

जनकपुर उपमहानगरपालिकाको पुल्चोक स्थायी घर भएका डा. सिंह १० वर्षदेखि भैरहवास्थित मेडिकल कलेजमा अर्थो विभाग प्रमुखको रुपमा कार्यरत थिए। प्राध्यापक सिंह सोही कलेजमा अध्यापनसमेत गर्थे। यो खबर आजको नागरिक दैनिकमा बुटवलबाट रेखा भुसालले लेखेकी छन्।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको