काठमाडौँ – ललितपुरको इमाडोलमा भिषण आगलागी भएको छ।
शुक्रबार दिउँसो महालक्ष्मी नगरपालिकाको इमाडोलमा आगलागी भएको हो। खण्डा गार्मेन्ट कारखाना नजिकैको फोहोर मैला व्यवस्थापन शाखाको अफिसमा आगलागी भएको प्रहरीले जानकारी दिएको छ।
आगलागी नियन्त्रण गर्ने प्रयास भइरहेको महानगरीय प्रहरी प्रभाग इमाडोलका इन्स्पेक्टर विजय तिमिल्सिनाले बताए।
आगो नियन्त्रणको लागि ललितपुर महानगरपालिकाको ३ वटा दमकल प्रयोग भइरहेको छ । त्यस्तै काठमाडौँ महानगरपालिकाको दमकललाई समेत बोलाइएको ललितपुर प्रहरीले जनाएको छ ।
घरहरुको बीचमा आगलागी भएको कारण नियन्त्रणमा लिन समस्या भएको छ।
‘शाखाको अफिसमा ठूलो आगलागी भएको छ। निभाउने प्रयास भइरहेको छ।
आगलागीको विस्तृत विवरण आउन बाँकी छ।
