राहुल गुप्ता, बारा – बाराको परवानीपुर गाउँपालिका स्वच्छ समाज यूवा क्लब उद्वाटन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। परवानीपुर वडा नं ५ बहुअरी टोलमा सम्पन्न कार्यक्रमको उद्वाटन प्रदेश नं २ को भौतिक पूर्वाधार बिकास मन्त्री जितेन्द्र सोनलले गरेका थिए।
कार्यक्रमका अध्यक्ष भुपेन्द्र पटेलले स्थानीय जनताको शिक्षा, स्वास्थ्य तथा समाजिक उत्तरदायित्व लगायत विकास निमार्णको काममा गाउँपालिकासँग सहकार्य गरेर अघि बढाउने जानकारी दिदै नागरिकको साथमा सधै रहने प्रतिबद्धता जनाए ।
कार्यक्रममा आयोजक भुपेन्द्र पटेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बार एसोसियशन केन्द्रिय उपाध्यक्ष रामचन्द्र सिंह राजपुत, परवानीपुर गाउँपालिका अध्यक्ष हरिनारायण प्रसाद साह कानु, जनता समाजवादी पार्टीका नेता सिताराम प्रसाद गुप्ता, संसाद एकबाल मिया, कार्यपालिका सदस्य सन्जु साह, ईलाका प्रहरी कार्यालय प्रसौनी प्रमुख इंस्पेक्टर ओमप्रकाश यादव, तेज प्रताब सिंह, ओमजी गुप्ता, रंन्जित प्रसाद साह, निरज पटेल, रुपक पटेल, निरज गुप्ता, चन्दन गुप्ता, लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम को संचालन त्रिलोको प्रताब सिंहले गरेका थिए।