डम्बर निदाल
डडेल्धुरा -बैतडीमा फेरी दुर्घटना भएको छ । ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । बैतडी जिल्लाको पाटन नगरपालिका–४ जोलाबाँजमा शुक्रबार दिउँसो ट्रयाक्टर दुर्घटना हुदा बर्दियाको बारबर्दिया नगरपालिका–८ का अन्दाजी ३० वर्षीय चालक खेमराज ढकालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
से.१ त ६१७१ नम्बरको ट्रयाक्टर सडकबाट अन्दाजी १५ मिटर तल खसेकोे इलाका प्रहरी कार्यालय पाटन बैतडीका प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो । साथै घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिहिबार राति मात्रै दार्चुलाबाट महेन्द्रनगरतर्फ जादै गरेको पवनदुत यातायातको बस दुर्घटनामा परेको थियो । दुर्घटनामा परी ८ जनाको घटनास्थलमै र एक जनाको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
दुर्घटनामा परी घाइते भएका ३४ जना मध्ये गम्भिर घाइते १२ जनालाई धनगढी रेफर गरिएको छ भने बाँकी २२ जनाको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।