काठमाडौं – नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव रहेको देखिएको छ ।
आइतबार देशको कर्णाली र सुदूरपश्चिम प्रदेशका भु-भागमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि स्थानको मौसम सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशको कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक देखि सामान्य बदली रहनेछ भने बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदलीको सम्भावना रहेको छ ।
त्यस्तै आज राति पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा सामान्य बदली रहनेछ भने प्रदेशका पहाडी भु-भागमा आंशिक बदलीको सम्भावना रहेको छ । त्यस्तै सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केहि स्थानमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना रहेको छ ।