विद्यालय हाता भित्र पठनपाठनसंगै तरकारी तथा फलफुल खेती सञ्चालन

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा एक विद्यालयले पठनपाठनसंगै विद्यालय हाता भित्र तरकारी तथा फलफुल खेती संचालन गरेको छ । जिल्लाको अजयमेरु गाउँपालिका—१ मा रहेको बाल कल्याण माध्यामिक विद्यालय पुईलेकले विद्यालयमा पठनपाठनसंगै विद्यालयको हाताभित्र तरकारी तथा फलफुल खेती संचालन गरेको हो ।

पछिल्लो समयमा शैक्षिक गुणस्तर सुधारका साथै विद्यालय परिसरभित्र विभिन्न किसिमका तरकारी तथा फलफुल खेती संचालन गरि विद्यालयको आम्दानीको श्रोत समेत जुटाउदै आएको छ । बि.सं.२०१६ सालमा स्थापना भएको उक्त सामुदायिक विद्यालयले २०७० सालदेखि कक्षा ९देखी १२ कक्षासम्म कृषि तथा बाली विज्ञानको पठनपाठन शुरुगरेको छ । करिब ९६ रोपनी क्षेत्रफल रहेको उक्त विद्यालयले ३० रोपनी क्षेत्रमा तरकारी खेती,च्याउखेती,माहुरीका घार,बेर्ना उत्पादन,माछा पालन तथा विभिन्न फलफुलका विरुवाहरु लगाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धन बहादुर साउदले बताए ।

प्राविधिकधार तथा सामुदायिक तर्फका गरी करिब ५ सय भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयमा बहुउद्धेश्यिय खानेपानीको व्यवस्थापन गरिएको छ । विद्यालय हाता भित्र ७ वटा खानेपानीका धारा र सिचाईका लागी छुट्टै ७ वटा धाराहरु जडान गरिएको छ । सिचाईका लागी २ पोखरी निर्माण गरीएको छ । एक पोखरी माछा पालनका लागी प्रयोग गर्ने र अर्को पोखरी अन्य कामका लागी प्रयोग गरीने उनले बताए ।

विद्यालयको परिसरभित्र ५ वटा पोलिहाउस बनाईका छन् जसमा च्याउ खेती,भित्र गोलभेडा खेती गरिएको छ । यसै गरी कागती,सुन्तला,आँप,अमिलो,ओखर,किबि,नास्पाती लगायत बिभिन्न फलफुलका विरुवाहरु लगाईएको यसका साथै विभिन्न किसिमका जडिबुटीका बोटबिरुवा दालचिनी,बेसार,कोईराल तितेपाती, घ्युकुमारी,आदि लगाएको अध्यक्ष साउदले बताए ।
शिक्षालाई ब्यवसायिक प्राबिधिक गुणस्तर सहित आर्थिक उत्पादन संग जोडने बिकल्पका रुपमा विद्यालयलाई देशकै शैक्षिक पर्यटकिय हबका रुपमा विकास गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष साउदको भनाइ छ ।

दशैदेखी भाईटिकासम्म विद्यालयको पठन पाठन बन्द गरिएकोले विद्यालयमा लगाईएका तरकारी, फलफुल खेतीको तथा तरकारीका बेर्नाहरुको रेखदेदमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहित शिक्षकहरुले पनि सहयोग गरीरहेको अध्यक्ष साउदले बताए ।

सिफारिस

मार्की खेलाडीको रूपमा निरुता ठगुन्नालाई मधेश युनाइटेडले दियो निरन्तरता

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि टोली मधेश युनाइटेड ले राष्ट्रिय महिला भलिबल टोलीकी प्रमुख स्पाइकर निरुता ठगुन्नालाई पुनः...

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL) का लागि सहभागी टोली मधेश युनाइटेड ले चर्चित मोडल तथा अभिनेत्री नीति शाहलाई आफ्नो ब्रान्ड...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम दर्ता प्रक्रिया सुरु गरिएको छ। डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुन लागेको यो लिग...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नीति शाहलाई मधेश युनाइटेडले गर्‍यो ब्रान्ड एम्बासडर नियुक्त

काठमाडौं — दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिग (EWVL)...

नेपालकै सबैभन्दा ठूलो टेनिस बलमा आधारित टी-१० क्रिकेट लागि टिम दर्ता प्रक्रिया सुरु

काठमाडौँ - नेपाल स्ट्रीट प्रिमियर लिग (एनएसपीएल)का लागि टिम...

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एक वर्षः के-के भए काम ?

काठमाडौं — ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काको एकवर्षे...

घट्यो पेट्रोल–डिजेलको मूल्य

बुधबार बिहान एक बजेबाट लागू हुने गरी पेट्रोल–डिजेलको भाउ...

सुशील श्रेष्ठको तस्वीर पर्यटन बोर्डको उत्कृष्ट तीनमा, २५ हजार पुरस्कार

काठमाडौं – नेपाल पर्यटन बोर्डद्वारा आयोजना गरिएको मासिक अनलाइन...

बालुुवाटारमा प्रधानमन्त्रीसहित तीन दलका शीर्ष नेताको छलफल

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीसहित सत्ता साझेदार नेकपा...

धेरै पढिएको