विद्यालय हाता भित्र पठनपाठनसंगै तरकारी तथा फलफुल खेती सञ्चालन

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा एक विद्यालयले पठनपाठनसंगै विद्यालय हाता भित्र तरकारी तथा फलफुल खेती संचालन गरेको छ । जिल्लाको अजयमेरु गाउँपालिका—१ मा रहेको बाल कल्याण माध्यामिक विद्यालय पुईलेकले विद्यालयमा पठनपाठनसंगै विद्यालयको हाताभित्र तरकारी तथा फलफुल खेती संचालन गरेको हो ।

पछिल्लो समयमा शैक्षिक गुणस्तर सुधारका साथै विद्यालय परिसरभित्र विभिन्न किसिमका तरकारी तथा फलफुल खेती संचालन गरि विद्यालयको आम्दानीको श्रोत समेत जुटाउदै आएको छ । बि.सं.२०१६ सालमा स्थापना भएको उक्त सामुदायिक विद्यालयले २०७० सालदेखि कक्षा ९देखी १२ कक्षासम्म कृषि तथा बाली विज्ञानको पठनपाठन शुरुगरेको छ । करिब ९६ रोपनी क्षेत्रफल रहेको उक्त विद्यालयले ३० रोपनी क्षेत्रमा तरकारी खेती,च्याउखेती,माहुरीका घार,बेर्ना उत्पादन,माछा पालन तथा विभिन्न फलफुलका विरुवाहरु लगाएको विद्यालय व्यवस्थापन समिति अध्यक्ष धन बहादुर साउदले बताए ।

प्राविधिकधार तथा सामुदायिक तर्फका गरी करिब ५ सय भन्दा बढी विद्यार्थी रहेको उक्त विद्यालयमा बहुउद्धेश्यिय खानेपानीको व्यवस्थापन गरिएको छ । विद्यालय हाता भित्र ७ वटा खानेपानीका धारा र सिचाईका लागी छुट्टै ७ वटा धाराहरु जडान गरिएको छ । सिचाईका लागी २ पोखरी निर्माण गरीएको छ । एक पोखरी माछा पालनका लागी प्रयोग गर्ने र अर्को पोखरी अन्य कामका लागी प्रयोग गरीने उनले बताए ।

विद्यालयको परिसरभित्र ५ वटा पोलिहाउस बनाईका छन् जसमा च्याउ खेती,भित्र गोलभेडा खेती गरिएको छ । यसै गरी कागती,सुन्तला,आँप,अमिलो,ओखर,किबि,नास्पाती लगायत बिभिन्न फलफुलका विरुवाहरु लगाईएको यसका साथै विभिन्न किसिमका जडिबुटीका बोटबिरुवा दालचिनी,बेसार,कोईराल तितेपाती, घ्युकुमारी,आदि लगाएको अध्यक्ष साउदले बताए ।
शिक्षालाई ब्यवसायिक प्राबिधिक गुणस्तर सहित आर्थिक उत्पादन संग जोडने बिकल्पका रुपमा विद्यालयलाई देशकै शैक्षिक पर्यटकिय हबका रुपमा विकास गर्ने लक्ष्य रहेको विद्यालय व्यवस्थापन समिति अध्यक्ष साउदको भनाइ छ ।

दशैदेखी भाईटिकासम्म विद्यालयको पठन पाठन बन्द गरिएकोले विद्यालयमा लगाईएका तरकारी, फलफुल खेतीको तथा तरकारीका बेर्नाहरुको रेखदेदमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी सहित शिक्षकहरुले पनि सहयोग गरीरहेको अध्यक्ष साउदले बताए ।

सिफारिस

प्रकृति, संस्कृति र साहसिकताको गन्तव्य: ढोरपाटन र बुकीपाटन (तस्वीरहरू)

काठमाडौं - नेपाल प्राकृतिक सम्पदा र भौगोलिक विविधताले भरिएको देश हो। हिमाल, पहाड, वनजंगल, नदी तथा उच्च हिमाली मैदानहरूले यहाँको पर्यटनलाई विश्वभर चिनाएको छ।...

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक तथा सिर्जनात्मक कार्यशाला : डिजिटल गुओछाओ नवप्रवर्तन अभ्यास प्रदर्शनी” सुरु भएको छ। एक महिनासम्म सञ्चालन...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य पदमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित भएका छन्। महाधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मतपरिणामअनुसार उनले २...

भर्खरै

चिनियाँ सांस्कृतिक केन्द्रमा ‘गुओछाओ’ नवप्रवर्तन प्रदर्शनी (तस्वीरहरू)

काठमाडौं - नेपालस्थित चिनियाँ सांस्कृतिक केन्द्रमा शुक्रबारदेखि “नयाँ सांस्कृतिक...

रास्वपाको केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले सर्वाधिक मतसहित निर्वाचित

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य...

निर्जला एकादशी: बुढानीलकण्ठमा भक्तजनको घुइँचो (तस्वीरहरू)

हिन्दू धर्मावलम्बीहरूले श्रद्धा र भक्तिभावका साथ मनाउने निर्जला एकादशीका...

फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट : नेपाली सेनाका हुद्दा विष्टको मृत्यु

टीकापुर - कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा...

बाजुराको सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली (तस्वीरहरू)

बाजुरा । सुदूरपश्चिमको हिमाली जिल्ला बाजुरा प्राकृतिक सौन्दर्य, जैविक...

निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

काठमाडौं - हिन्दु धर्ममा वर्षभरि मनाइने विभिन्न पर्व तथा...

धेरै पढिएको