- डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरामा कंक्रिट उद्योग संचालनमा ल्याइएको छ । डडेल्धुरा जिल्लाका दुई जना दाजुभाईले कंक्रिट उद्योग संचालन ल्याइएको हो । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा पहिलो पटक क्रंक्रिट उद्योग खुलेको संचालन भएको हो । ईन्जिनियरिङ अध्ययनरत डडेल्धुरा जिल्ला अजयमेरु गाउँपालिका निवासी टेक बहादुर बिष्ट र उनका भाई नरेश बिष्टले स्वलगानीमा अमरगढी नगरपालिका वडा नंं ८ स्थित किर्तिपुर बजारमा जग्गा भाडामा लिई ईंटा, फेबरबल्क, र सिएसईबि कंक्रिट उत्पादन शुरु गरेका हुन ।

शुरुमा करिव १० लाख लगानी गरेर उद्योग सञ्चालन गरेको उनीहरुले बताए । अहिले उनले डडेल्धुरा सदरमुकामको किर्तिपुर बजार नजिकै कंक्रिट उद्योग खोलेका छन् । ‘बेताल कंक्रिट उद्योग’ नाम दिएर उनले उक्त उद्योग संचालन गरेका हुन ।
उद्योग सञ्चालन गर्नमा परिवारका सदस्यको राम्रो साथ सहयोग मिलेको र घरका सदस्यहरु मिलेर काम गरेको उनी बताउँछन् । शुरुमा उद्योग सञ्चालनमा आउँदा घरकै परिवारका सदस्य मिलेर काम ग¥यौ । अहिले उद्योग विस्तार गरेर सेवा सुविधा बढाई लगानी पनि ३० लाख पुगेको उनले बताए । साथै अहिले बेरोजगार रहेका १० जना स्थानियलाई रोजगारी दिएको समेत उनले बताए ।

बेताल कंक्रिट उद्योग नाम दिई करिब दुई महिना अघि देखि बालुवा गिट्टि, चालेको माटो मिश्रण गरि कम्प्रेसिभ स्टेबिलाईज अर्थ ब्रिकको रुपमा उत्पादन शुरु गरिएको उक्त उद्योगमा केही स्थानीयले रोजगार पाएका छन ।
नयाँ प्रबिधिको नर्मल तथा ईन्टरलक सिमेन्टेड जोडाई रहेको बेताल क्रंक्रिट आफ्नो घर छेउमै सस्तो र गुणस्तरिय पाउन थाले पछि स्थानीयले ईंटाको सट्टा बेताल क्रंक्रिट प्रयोग गरेर घर निर्माण गर्न थालेका छन ।

रातो ईंटाको घर निर्माण खर्च भन्दा मितव्ययि र छिटो चिनाई तथा कम मसाला लाग्ने भएकाले स्थानीय पनि बेताल क्रंक्रिटतिर आकर्षित भएका मात्र छैनन करिब ३० प्रतिशत सस्तो मूल्यमा घर संरचना निर्माण हुने देखिएको युवा उद्यमी बिष्टले बताए ।
साधारण ईंटा प्रति गोटा रु.१७, जोडाई ईंटा (सिएसईबि) प्रति गोटा रु.४५ र भुँई ब्लक (फेबर) प्रति गोटा रु.४० को मूल्यमा धमाधम बिक्रि भईरहेको र माग बढिरहेको उद्योग संचालकको भनाई छ ।
अब यस उत्पादनलाई स्थानिय तह बासी बेरोजगार युवाहरुको श्रमशक्तिसँग जोडनु पर्छ , उनिहरुलाई यि क्रंक्रिट उत्पादनलाई घर निर्माण गर्ने सिपमूलक तालिम दिएर आत्मनिर्भर बनाउन तर्फ स्थानीय तह जिम्मेवार बन्नु पर्ने उद्यमी बिष्टको भनाई छ ।
