भारतीय सीमा खुलाउन सीमा क्षेत्रमा धर्ना बसे जसपाका सांसद

जनकपुर – कोभिड १९ को संक्रमण नियन्त्रण गर्न भन्दै आठ महिनादेखि बन्द रहेको भारतीय सीमा खुलाउन सीमा क्षेत्रमा धर्ना कार्यक्रम सुरु भएको छ ।

बुधबारदेखि सुरु भएको धर्ना कार्यक्रममा प्रदेश सांसद एवं सत्तारुढ दल जनता समाजवादी पार्टी संसदीय दलका उपनेता रामआशिष यादव पनि सहभागी भए । कोरोनाको बहाना बनाएर सीमावर्ती क्षेत्रमा बसोबास गर्ने दुवैतिरका जनताबीच सम्बन्ध विगार्ने मनसाय बनाएर नेपाल सरकारले एकतर्फी सीमा बन्द जारी राखेको आरोप सांसद यादवको छ ।

“कुनै बेला नेपाल कृषि उपज सामग्रीमा आत्मनिर्भर थियो, समस्या थिएन” यादवले भने, “अहिले अवस्था बिग्रेको छ । नेपाली जनता भारतीय बजारको खाद्यान्नमा निर्भर भएका छन् । सानो अवधिका लागि पनि सीमा बन्द हुँदा नेपाली समुदायमा अनेक अभाव सिर्जना हुन थाल्छ भने यो आठ महिनादेखि कसरी थेगिरहेको छ त्यो ठूलो सवाल हो ।” सीमापारी कोरोना कहर शान्त भएर भारतीय सरकारले सीमा खोलिसके पनि नेपाल सरकारले एकतर्फी सीमा बन्द लम्ब्याउनु गलत भएको उनको जिकिर छ ।

नेपाल भारत खुला सीमा संवाद समूहको अगुवाइमा सुरु गरिएको धर्ना कार्यक्रम सीमा खुला नगरिएसम्म जारी रहने समूहका संयोजक राजिव झाले बताए । “कोरोना नियन्त्रणकै लागि बन्द गरिएको थियो भने भारततर्फ जनजीवन समान्य भइसक्यो । उताबाट सीमा नाका खुला पनि गरिसक्यो” झाले भने, “नेपालतर्फबाट एक महिनाको नाउँमा अनिश्चितकालसम्म सीमा बन्द गरेर दुई देशबीचको बेटीरोटीको सम्बन्धमा समेत खलल् पुग्ने अवस्था आउँदैछ ।”

नेपाल सरकारले कोरोनाको नाउँमा सीमा वारी र पारीका बासिन्दाबीच दूरी बढाउने षडयन्त्र गरेको आरोप धर्नामा बसेकाहरुको छ । सीमा बन्द भएर अवरुद्ध भएको व्यापारले मुलुकलाई ठूलो आर्थिक क्षति भएपनि अनिश्चितकालीन सीमा बन्द गर्ने निर्णयले सरकारको उद्धेश्यमाथि शंका उत्पन्न भएको जसपा नेपालका केन्द्रिय सदस्य चन्दन दुवेले बताए ।

 

सिफारिस

Menopause: A Time When Women Need Love, Understanding and Care the Most

Dear Husbands, Partners, Boyfriends and Everyone Who Has a Special Woman in Their Life: Please Understand This! There is a phase in a woman’s life...

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण उपलब्धिका रूपमा ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कार, नेपालद्वारा आयोजित राष्ट्रिय पुरस्कार समारोह २०२६ मा विद्यालयका...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

भर्खरै

स्वस्तिश्री गुरुकुलका ३४ विद्यार्थी ड्युक अफ एडिनबर्ग अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित (तस्बिरहरू)

काठमाडौं - स्वस्तिश्री गुरुकुल आईबी कन्टिन्युम स्कुलका लागि गौरवपूर्ण...

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

धेरै पढिएको