डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा जिल्लाको अमरगढी नगरपालिका पर्यटन विकासको प्रचुर संभावना भएको क्षेत्र हो । यहाँका ऐतिहाँसिक धार्मिक र मौलिक संस्कृतिको जगेर्ना गर्दै पर्यटनको हवका रुपमा विकास गर्ने उदेश्यले धेरै नौला नौला आयामहरुको शुरुवात गरीएको छ ।
प्राकृतिक रुपमा सुदूर पहाडको रानी मानिने डडेल्धुरा सदरमुकाम अमरगढी पर्यटकिय संभावना वोकेको नगरपालिकाका रुपमा रहेको छ । विरताको गौरव बोकेको अमरगढी प्राकृतिक, ऐतिहासिक, धार्मिक र सांस्कृतिक रुपले समेत सम्भावनायुक्त रहेकोले स्थानीय जनप्रतिनिधिले उच्च महत्वका साथ प्रयास गरिरहेको देखिन्छ ।
जिल्ला सदरमुकामको अमरगगढी नगरपालिका भित्रका पर्यटकिय क्षेत्रमा भौतिक पुर्वाधारका संरचना निर्माण गरिन थालेका छन । अमरगढी भित्रका धार्मिक, ऐतिहांसिक, प्राकृतिक रुपमा पर्यटकिय सम्भावना बोकेका क्षेत्रमा भौतिक पुर्वाधारका संरचना निर्माण गरिन थालेका हुन ।
अमरगढी भित्र उग्रतारा मन्दिर, घटालथाल, अमरगढी किल्ला प्रमुख पर्यटकिय क्षेत्र मानिदै आएका छन । यस बाहेक अहिले शहिद भिमदत्त पन्तको जन्म घर आदर्श भिमवस्ति, रावलतोली शिवकुटी गुफा, कस्या टाकुरो, सहश्रलिङ्ग, पिस पार्क लगायतका स्थलहरुमा भौतिक पुर्वाधारका संरचना निर्माणका काम भईरहेका छन । उग्रतारा, घटाल क्षेत्रमा गुरु योजना अनुसारका काम भई रहेका छन । अन्य स्थलहरुमा पनि टेण्डर प्रक्रिया बाट भौतिक पुर्वाधारका संरचना निर्माणका काम भईरहेको अमरगढी नगरपालिकाले जनाएको छ ।
अमरगढी नगरपालिकाको अमरगढी किल्लामा नेपाली सेनाले कोत घर निर्माण गरि सकेको छ । अहिले संग्राहलय र फुटपाथ निर्माणको काम भईरहेको अमरगढी नगरपालिका नगर प्रमुख विशेश्वर प्रशाद ओझाले बताए । यस्तै अमरगढी–७ पोखरा क्षेत्रको कस्या टाकुरोमा पहिलो पटक टेण्डर मार्फत बाटो, रेलिङ्ग, सेल्फि पोईन्ट, मन्दिर, मुर्ती निर्माणका काम भईरहेका छन । रावलतोली शिवकुुटी गुफामा पनि रेलिङ्ग, कम्पाउण्ड, विभिन्न भगवानका मुर्तीहरु निमार्णको काम भईरहेको छन ।
अमरगढी–१ को स्याउले बजार माथि रहेको भगवान शिवको मन्दिर सहश्रलिङ्ग धुरामा सिढी बनाईन लागेका छन । अमरगढी–५ खलङ्गामा रहेको बालमन्दिरमा अहिले पिस पार्क निर्माणको काम भईरहेको छ । त्यहाँ बगैचा, गोलघर, फुटपाथ निर्माण लगायतका काम भई रहेको नगर प्रमुख ओझाले बताए ।
अमरगढी नगरपालिका–३ को कारिगाउँमा शहिद भिमदत्त पन्तको घर लाई संग्रालय बनाई आदर्श वस्तिका रुपमा विकास गरिदै छ । यसै गरी घटालक्षेत्रमा पर्यटन पूर्वाधार विकासको काम अगाढी बढाएको छ । यस वर्ष घटालस्थानमा स्थान तलाउ,डुङ्गा संचालन गर्ने तलाउ,बाटिकाहरुका साथै अन्य संरचना निर्माणका लागि टेण्डरमार्फत काम अगाडी बढाईएको छ ।
उग्रतारा मन्दिरमा गुरुयोजना अनुसारको काम भईहरको छ । पर्यटन विकासका लागी करिब १० वटा स्थान लाई छनौट गरी अमरगढी लाई पर्यटन हव बनाउन भौतिक पुर्वाधार विकास गरिन लागको उनको भनाई छ ।
संघिय र अमरगढी सरकारको साझेदारीमा यी क्षेत्रमा पुर्वाधार विकास गर्न ६ करोड १८ लाख रकम रहेको उनले बताए ।
