अष्ट्रेलियाविरुद्ध भारत पहिला ब्याटिङ गर्दै, दुई टिममा सात परिवर्तन

भारतले तेस्रो तथा अन्तिम ओडिआई खेलमा अष्ट्रेलियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । मानुका ओभल क्यानबेरामा भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहलीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका छन् ।

भारतले आज टोलीमा चार परिवर्तन गरेको छ । भारतले टोलीमा आज तीव्र गतिका बलर टि नटराजनलाई डेब्यू गराएको छ । दुवै खेलमा खराब प्रर्दशन गरेका नवदीप सैनीको स्थानमा नटराजनलाई डेब्यू गराएको हो ।

त्यस्तै मयंक अग्रवालको स्थानमा सुभमन गिललाई मौका दिएको छ । दुवै खेलमा खराब प्रर्दशन गरेका स्पिनर युजभेन्द्र चहलको स्थानमा कुलदीप यादवले मौका पाएका छन् । तीव्र गतिका बलर मोहम्मद शामीको स्थानमा शार्दुल ठाकुरले मौका पाएका छन् ।

अष्ट्रेलियाले आज टोलीमा तीन परिवर्तन गरेको छ । ओपनर डेविड वार्नरको स्थानमा युवा अलराउन्डर क्यामरन ग्रिनलाई डेब्यू गराएको छ । ओपनिङ मार्नस लाबुसेन र कप्तान आरोन फिन्चले गर्ने छन् । ग्रिनले चौथो नम्बरमा ब्याटिङ गर्ने छन् ।

प्याट कमिन्सको स्थानमा सन एबट र मिचेल स्टार्कको स्थानमा एस्टन अगरलाई मौका दिएको छ । सुरुवाती दुवै खेलमा अष्ट्रेलिया विजयी हुँदै सिरिज जितिसकेको छ । आजको खेलमा भारत क्लिनस्विपबाट बच्न चाहन्छ ।

अष्ट्रेलिया प्लेइङ ११ : आरोन फिन्च (कप्तान), क्यमरन ग्रिन, स्टिभ स्मिथ, मोइसेस हेनरिक्स, मार्नस लाबुसेन, ग्लेन म्याक्सवेल, एलेक्स केरी (विकेटकिपर, सन एबट, एस्टन अगर, एडम जाम्पा र जोश हेजलवुड

भारतको प्लेइङ ११ : शिखर धवन, सुभमन गिल, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, रविन्द्र जडेजा, शार्दुल ठाकुर, कुलदीप यादव, जस्प्रित बुमराह र टि नटराजन

 

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको