अस्ट्रेलियाविरुद्ध भारतको सान्त्वना जित

काठमाडौं – सुरुवाती दुई खेल हार्दै सिरिज गुमाइसकेको भारतले अस्ट्रेलियाविरुद्ध तेस्रो ओडीआई खेलमा सान्त्वना जित हात पारेको छ । बुधबार भएको तेस्रो तथा अन्तिम ओडीआई खेलमा भारतले अस्ट्रेलियालाई १३ रनले पराजित गरेको हो । यसअघि सिड्नीमा भएको पहिलो र दोस्रो ओडीआई जितेको अस्ट्रेलियाले सिरिज २-१ ले जितेको छ ।

क्यानबेरामा भएको खेलमा भारतले दिएको ३०३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलिया ४९.३ ओभरमा २८९ रनमा अलआउट भएको हो ।

घरेलु टोली अस्ट्रेलियाका लागि कप्तान आरोन फिन्च र ग्लेन म्याक्सवेलले अर्धशतक प्रहार गरेपनि जितका लागि पर्याप्त भएन । नियमित ओपनर डेविड वार्नरको अनुपस्थितिमा मार्नुस लाबुसेनले फिन्चसँग ओपनिङ गरेका थिए । तर लाबुसचेन ७ रनमै आउट भए । त्यसपछि यसअघि दुई खेलमा लगातार शतक प्रहार गरेका स्टिम स्मिथ पनि ७ रनमै आउट भएपछि अस्ट्रेलियालाई सुरुमै झड्का लागेको थियो ।

फिन्चले ८२ बल खेल्दै ७ चौका र ३ छक्का मद्दतमा सर्वाधिक ७५ रन बनाए । यस्तै सातौं नम्बरमा ब्याटिङ गरेका म्याक्सवेलले ३८ बल खेल्दै ३ चौका र ४ छक्काको मद्दतमा ५९ रन बनाए । विकेट किपर एलेक्स केरीले ३८, एस्टन एगरले २८ र मोएसिस अनरिकेजले २२ रन बनाए ।

भारतका लागि बलिङमा शार्दुल ठाकुरले १० ओभरमा १ मेडन राख्दै ५१ रन खर्चेर ३ विकेट लिए । उनले सिरिजमा पहिलो खेल खेलेका हुन् । यस्तै जसप्रित बुमराह र टी नटराजनले २-२ विकेट लिए । बुमराहले ९.३ ओभरमा ४३ रन खर्चिए । यस्तै यसै खेलमार्फत ओडीआईमा डेब्यु गरेका नटराजनले १० ओभमा १ मेडन राख्दै ७० रन खर्चिए ।

स्पिनरद्वय कुलदिप यादव र रविन्द्र जडेजाले समान १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ५ विकेट गुमाएर ३०२ रन बनाएको थियो । भारतका लागि कप्तान विराट कोहली, हार्दिक पाण्ड्या र रविन्द्र जडेजाले अर्धशतक प्रहार गरे । हार्दिकले अविजित रहँदै सर्वाधिक ९२ रन बनाए । उनले ७६ बल खेल्दै ७ चौका र १ छक्का प्रहार गरे । यस्तै जडेजाले ५० बल खेल्दै ५ चौका र २ छक्का मद्दतमा अविजित ६६ रन बनाए ।

१५२ रन हँदा ५ विकेट गुमाएको अवस्थामा हार्दिक र जडेजाले छैटौं विकेटका लागि अविजित १५० रनको साझेदारी गर्दै भारतको स्कोर तीन सय कटाएका थिए ।

यस्तै कप्तान विराट कोहलीले ७८ बल खेल्दै ५ चौकाको मद्दतमा ६३ रन बनाए । कोहीले यस खेलमार्फत ओडीआईमा १२ हजार रन पूरा गर्दै सचिन तेन्दुलकरको कीर्तिमान तोडे । कोहलीले २४२ इनिङ्समा १२ हजार रन पूरा गर्दै सबैभन्दा कम इनिङ्समा उक्त उपलब्धी हात पार्ने कीर्तिमान बनाएका हुन् ।

बलिङमा अस्ट्रेलियाका एस्टन एगरले २ तथा जोस हाजलउड, सिन एबोट र एडम जाम्पाले १-१ विकेट लिए ।

अस्ट्रेलिया र भारतबीत टी-२० सिरिज आगामी शुक्रबारदेखि क्यानबेरामा सुरु हुनेछ ।

सिफारिस

चिनियाँ अधिकारीद्वारा दोलखामा चीन–नेपाल सांस्कृतिक कार्यक्रम तथा शैक्षिक सामग्री वितरण

दोलखा – अन्तर्राष्ट्रिय बाल दिवसको अवसरमा दोलखाको तामाकोशी–५ जलविद्युत् आयोजनास्थल नजिक रहेको श्री गौरीशंकर माध्यमिक विद्यालयमा चीन–नेपाल सांस्कृतिक आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। चीन ग्रामीण...

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति राजेश राय यादवलाई निलम्बन गरेको छ। गत फागुन २१ गते सम्पन्न चुनावमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति स्थापना मिसनमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली गरिएको छ। नेपाली सेनाका अनुसार, लिवियास्थित संयुक्त राष्ट्र सङ्घीय...

भर्खरै

कांग्रेस जिल्ला सभापति यादव निलम्बित

काठमाडौँ – कांग्रेस केन्द्रीय अनुशासन समितिले बारा जिल्ला सभापति...

लिवियामा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली, ४२ सैनिक प्रस्थान

काठमाडौं - संयुक्त राष्ट्र सङ्घको आह्वानमा लिवियामा सञ्चालित शान्ति...

भारतीय प्रधानमन्त्रीसँग रविको भेट, के- के भयो कुराकानी ?

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि...

राणा शासन ढल्यो, राजतन्त्र ढल्यो, अब अराजकतन्त्रको पालो : ओली

काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले...

काठमाडौं र दिल्ली दुवैतिरका ‘गड्याङगुडुङ’ प्रिय छैनन् : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी...

‘हिट एक्सन डे २०२६’ : अत्यधिक गर्मीको जोखिमबारे सचेतना बढाउन आग्रह

काठमाडौं - अत्यधिक गर्मीका कारण मानव स्वास्थ्य, जीविकोपार्जन तथा...

धेरै पढिएको