काठमाडौं – फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) च्याम्पियन्स लिग फुटबलमा सहज जित निकालेको छ । बुधबार राति भएको खेलमा पीएसजीले प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड माथि ३–१ गोलको जित निकालेको हो ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई जित दिनेयमारलाउन ले दुई गोल गरे । त्यस्तै मार्किउनोसले एक गोल गरे । उता युनाइटेडका लागि मार्कुस रासफोर्डले एक गोल फर्काए ।
खेलको छैटौं मिनेटमा नेयमारले गोल गर्दै पीएसजीलाई अग्रता दिलाए । ३२ औं मिनेटमा रासफोर्डले बराबरी गोल फर्काए । ६९ औं मिनेटमा मार्किउनोसले गोल गर्दै पीएसजीलाई २–१ गोलको अग्रता दिलाए । ७० औं मिनेटमा युनाइटेडका फेर्डिले रातो कार्ड खाँदा घरेलु टोली १० खेलाडीमा सिमित भएको थियो । खेलको इन्ज्यूरी समयमा नेयमाराले गोल गर्दै पीएसजीलाई ३–१ गोलको जित दिलाए ।
जितसँगै पीएसजीले पाँच खेलबाट ९ अंक जोडेको छ । पीएसजी अंक तालिकाको शीर्ष स्थानमा छ । पराजित युनाइटेड ९ अंक जोड्दै दोस्रो स्थानमा रहेको छ ।
