काठमाडौं – अष्ट्रेलियाविरुद्ध पहिलो टि–ट्वान्टीमा भारतले पहिले ब्याटिङ गर्ने भएको छ । मनुका ओभलमा भारतले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।
भारतको पहिलो टि–ट्वान्टीमा थनगास्रु नटराजनले डेब्यू गर्ने भएका छन् । यसअघि एकदिवसीयमा राम्रो प्रदर्शन गरेका उनले आजको खेलमा स्थान बनाएका हुन् । एकदिवसीय क्रिके सिरिज अष्ट्रेलियालाई सुम्पेको भारतले टि–ट्वान्टी सिरिजमा भने पहिलो खेलबाट जिति निकाल्दै सुरुआत गर्ने योजनामा छ ।
यता घरेलु टोली पनि आजको खेलमा जित निकाल्दै टि–ट्वान्टी सिरिज पनि आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ ।
