कतारमा हुने फिफा विश्वकप फुटबलको ड्र सार्वजनिक, कुन देश कुन समुहमा ?

काठमाडौं –  कतारमा हुने सन् २०२२ को फिफा विश्वकप फुटबल अन्तर्गत यूरोपियन समूहको ड्र सार्वजनिक भएको छ ।

सोमबार राति यूईएफएले यूरोपियन छनोट समूहको ड्र सार्वजनिक गरेको हो । सार्वजनिक भएको ड्र अनुसार यूरोपका ५५ राष्ट्र विभिन्न १० समूहमा विभाजित भएका छन् । ड्र अनुसार समूह ए मा पोर्चुगल, सर्बिया, आयरल्याण्ड, लक्जेमबर्ग, अजरबैजान छन् ।

समूह बीमा स्पेन, स्वीडेन, ग्रिस, जर्जिया, कोसोभो छन् भने समूह सीमा इटाली, स्विटजरल्यान्ड, उत्तरी आयरल्यान्ड, बुल्गेरिया, लिथुआनिया समेटिएका छन्।

त्यसैगरी समूह डीमा फ्रान्स, युक्रेन, फिनल्यान्ड, बोस्निया एण्ड हर्जगोभिना, काजकास्तान छन् भने समूह इमा बेल्जियम, वेल्स, चेक गणतन्त्र, बेलारुस, एस्टोनिया समेटिएका छन् ।

त्यसैगरी समूह एफमा डेनमार्क, अष्ट्रिया, स्कटल्यान्ड, इजरायल, फारो आइल्यान्ड, मोल्डोभा रहेका छन् भने समूह जीमा नेदरल्यान्ड, टर्की, नर्वे, मोन्टेनेग्रो, लात्भिया, जिब्रालटारलाई राखिएको छ ।

समूह एचमा क्रोएसिया, स्लोभाकिया, रुस, स्लोभेनिया, साइप्रस, माल्टाले खेल्नेछन् भने समूह आईमा इंग्ल्यान्ड, पोल्यान्ड, हंगेरी, अल्बानिया, एन्डोरा, सान मारिनोको प्रतिस्पर्धा हुनेछ ।

अन्तिम समूह जेमा जर्मनी, रोमानिया, आइसल्यान्ड, उत्तरी म्यासेडोनिया, अर्मेनिया, लिक्टेन्स्टाइन समेटिएका छन् ।

विश्वकप छनोटका खेल सन् २०२१ को मार्चबाट सुरु हुने हुनेछ । समूहको शीर्ष स्थानमा पुगेको टिमले सिधै विश्वकप खेल्न पाउने छन् भने समूहको दोस्रो स्थानमा रहने टिमले छनोट खेल खेल्नु पर्नेछ ।

सिफारिस

सिन्धुलीका पत्रकारलाई खोज, फोटो तथा भिडियो पत्रकारिता तालिम 

सिन्धुली- पत्रकारहरूको व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल पत्रकार महासंघ सिन्धुली शाखाद्वारा आयोजित पाँचदिने खोज पत्रकारिता तथा फोटो–भिडियो पत्रकारिता तालिम सम्पन्न भएको छ। हरिहरपुरगढी गाउँपालिकाको...

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र र रहस्यमय हिमालमध्ये एक मानिन्छ। हिन्दु, बौद्ध, जैन तथा बोन धर्मावलम्बीहरूका लागि आस्थाको केन्द्रका रूपमा...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा कार्यकुशलताका साथ जिम्मेवारी निर्वाह गर्ने ३७ जना सकलदर्जालाई प्रधानसेनापति महारथी अशोक राज सिग्देलले सम्मान गर्नुभएको...

भर्खरै

कैलाशलाई नजिकबाट नियाल्दा (तस्वीरहरू)

काठमाडौं — तिब्बतमा अवस्थित कैलाश हिमाल विश्वका सबैभन्दा पवित्र...

उत्कृष्ट कार्यसम्पादन गर्ने ३७ सैनिक सम्मानित (तस्वीरहरू)

काठमाडौं– नेपाली सेनामा उच्च पेसागत दक्षता, व्यावसायिक चरित्र तथा...

राखेप उपाध्यक्षमा विशाल श्रेष्ठ नियुक्त, चार बोर्ड सदस्य पनि मनोनित

काठमाडौँ – शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद्...

मनसुनसँगै खेतका आलिमा भ्यागुताको ‘ट्वार–ट्वार’ (तस्वीरहरू)

काठमाडौँ — मनसुन सक्रिय भएसँगै देशका विभिन्न स्थानका खेतबारी...

३ वर्षभित्रै जिम्मेवारी हस्तान्तरण गर्छु : मन्त्री महावीर पुन

काठमाडौँ - नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन...

रवि लामिछानेलाई अर्को राहत : कास्कीपछि पर्साले गर्‍यो संगठित अपराधको मुद्दा खारेज

वीरगञ्ज । पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

धेरै पढिएको