भारतले अष्ट्रेलियासँगको तेस्रो तथा अन्तिम टि२० आई खेलमा पहिला बलिङ गर्ने भएको छ । सिड्नी क्रिकेट मैदानमा भारतका कप्तान विराट कोहलीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका हुन् ।
भारतले टोलीमा कुनै परिवर्तन गरेको छैन । यता अष्ट्रेलिया कप्तान अरोन फिन्च टोलीमा फर्किएका छन् । फिन्च फर्किदा अलराउन्डर मार्कस स्टोइनिस बेन्चमा बसेका छन् । तीन टि-२० आई खेलको सिरिज अन्तर्गत पहिलो खेलमा ११ रन र दोस्रोमा ६ विकेटले विजयी हुँदै भारतले टि२० सिरिज एक खेल अगावै जितिसकेको छ ।
भारतको प्लेइङ ११ : शिखर धवन, विराट कोहली (कप्तान), श्रेयस ऐर, लोकेश राहुल (विकेटकिपर), हार्दिक पान्ड्या, युजभेन्द्र चहल, शार्दुल ठाकुर, वासिन्टन सुन्दर, दिपक चहर, सन्जु स्यामसन र टि नटराजन
अष्ट्रेलिया प्लेइङ ११ : आरोन फिन्च, (कप्तान) म्याथ्यु वेड, डार्सी सर्ट, स्टिभ स्मिथ, ग्लेन म्याक्सवेल, हेनरिक्स मोइसेस, सन एबट, डानियल साम्स, मिचेल स्विपसन, एडम जाम्पा र एन्ड्रयु टाई ।
