बिना इजाजत औषधि ओसारपसारमा संलग्न ८ जना पक्राउ

चितवन – माडी नगरपालिका(९ स्थित सोमेश्वरबाट बिना इजाजत करिब २१ लाख १० हजार ५ सय ३२ रुपैयाँ मूल्य बराबरको विभिन्न किसिमका औषधि ओसारपसारमा संलग्न रहेको अभियोगमा ८ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कालिका नगरपालिका(४ बस्ने २८ वर्षीय राज कुमार महत्तो, माडी नगरपालिका(३ बघौडा बस्ने २२ वर्षीय बालकृष्ण महत्तो, सोही ठाउँ बस्ने २२ वर्षीय मिलन महत्तो, कालिका नगरपालिका(३ बस्ने ३१ वर्षीय हरिशरण चौधरी, मकवानपुर गढी गाउँपालिका(८ बस्ने २५ वर्षीय सुरज गौतम, सोही गाउँपालिका(३ बस्ने २३ वर्षीय प्रकाश दाहाल, मकवानपुर हेटौंडा उपमहानगरपालिका(५ बस्ने २५ वर्षीय उज्वल पोख्रेल र सोही उपमहानगरपालिका(२३ बस्ने २३ वर्षीय बिपिन सापकोटा रहेका छन् ।

ठोरीबाट माडीतर्फ आउँदै गरेको ना।४ ख ४४२५ नम्बरको बसलाई ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार राजकुमार महत्तोले बसको डिकीमा बोरामा राखी ल्याएको विभिन्न किसिमको औषधि फेला पारेको थियो । थप अनुसन्धानको क्रममा बालकृष्ण र मिलनको घरबाट लुकाई राखेको विभिन्न किसिमका औषधि फेला पारी औषधि ओसारपसारमा संलग्न उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

साथै माडी नगरपालिका(९ बगही खोलाको किनारको झाडीमा वेवारीसे अवस्थामा रहेका करिब ९ लाख ९५ हजार १ सय रुपैयाँ मूल्य बराबरका विभिन्न किसिमका औषधिहरू समेत ईलाका प्रहरी कार्यालय माडी चितवनबाट खटिएको प्रहरीले बुधबार बिहान फेला पारी बरामद गरेको छ ।

पक्राउ परेकाहरूलाई बरामद औषधि सहित थप अनुसन्धान तथा कारवाहीको लागि औषधि व्यवस्था विभागमा पठाइने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको