काठमाडौँ – प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको आइपिओ बाँडफाँट भएको छ । ५ लाख ४० हजार जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । ५ लाख ९ हजार ४७ जना आवेदनकर्ता भने आइपीओ हात पार्न बञ्चित भएका छन् ।
यसमा १० लाख ५१ हजार २ सय १६ जनाले आवेदन दिएकामा २ हजार १ सय ६९ जना आवेदकको आवेदन रद्ध भएको छ ।
प्रभु लाइफले मंसिर २९ गतेबाट पुस २ गतेसम्म ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता आइपीओ निष्कासन गरेको थियो ।
यसमध्ये ३ लाख कित्ता कर्मचारी र ३ लाख कित्ता म्युचुअल फन्डहरुलाई छुट्याइएको थियो । बाँकी रहेको ५४ लाख कित्तामा मात्र सर्वसाधारणको लागि खुला गरिएको थियो ।
