अहिलेसम्मकै सबैभन्दा ठूलो आइपिओ निष्काशनको अनुमति

काठमाडौं- नेपाल इन्फ्रास्ट्रक्चर बैंकले अहिलेसम्मकै सबैभन्दा धेरै प्राथमिक शेयर निष्काशनको अनुमति पाएको छ। नेपाल धितोपत्र बोर्डले आइतबार बैंकलाई ८ अर्ब रुपैयाँको प्राथमिक शेयर निष्काशन गर्ने अनुमति दिएको हो। बोर्डकाे अनुमतिसँगै केही दिनमै बैंकले सर्वसाधारणका लागि प्राथमिक शेयर जारी गर्न सक्ने छ। बैंकले ८ करोड कित्ता शेयर निष्काशन गर्ने छ।

दुई वर्षअघि पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना गरिएको बैंकको हालको चुक्ता पुँजी १२ अर्ब रुपैयाँ रहेको छ। प्राथमिक शेयर निष्काशनपछि बैंकको चुक्ता पुँजी २० अर्ब रुपैयाँ पुग्नेछ। प्राथमिक शेयर निष्काशनसँगै बैंकको सर्वसाधारण शेयर पुँजी ४० प्रतिशत र संस्थापक शेयर पुँजी ६० प्रतिशत कायम हुनेछ। संस्थापक शेयरधनीमा नेपाल सरकारलगायत व्यवसायी रहेका छन्। बैंकको शेयर दोस्रो बजारमा सूचीकृत भएसँगै सबैभन्दा धेरै शेयर सप्लाइ भएको कम्पनीको रुपमा रहनेछ।

प्राथमिक शेयरमा आवेदन दिने संख्याको अनुपातलाई हेर्दा यस बैंकमा आवेदन दिने सबैले शेयर पाउने देखिन्छ। यस अगाडि प्राथमिक शेयर निष्काशन गरेको प्रभु लाइफको आइपिओमा साढे १० लाखले आवेदन दिएका थिए। १० कित्ताकै दरले बाँडफाँड हुँदा पनि यस बैंकको शेयर अधिकतम ८० लाख जनाले प्राप्त गर्न सक्ने छन्।

८ करोड लाख कित्तामध्ये केही बैंकका कर्मचारीका लागि र केही म्युचुअल फण्डका लागि सुरक्षित गरिन्छ। सुरक्षित गरिएको शेयर उनीहरुलाई बाँडफाँड गरेर बाँकी रहेको शेयर सर्वसाधारणका लागि बिक्री गरिन्छ।

पहिलो वार्षिक साधारणसभाबाटै प्राथमिक सेयर निष्काशनको प्रस्ताव पारित गरेको बैंकले एक आर्थिक वर्षको पूर्ण लेखापरीक्षण प्रतिवेदन तयार पार्नुपर्ने नियमका कारण ढिलाइ भएको हो।

बैंकले ठूला-ठूला दीर्घकालीन पूर्वाधारका क्षेत्रमा लगानी गर्न पाउछ। तर अन्य बैंकले जसरी सर्वसाधारणबाट निक्षेप संकलन गर्न पाउँदैन। अन्य बैंकहरुले दीर्घकालीन पूर्वाधारका क्षेत्रमा लगानी गर्दा बजारमा तरलता अभाव हुने र यस्तो बैंकमार्फत् लगानी गर्दा उपयुक्त हुने अवधारणका साथ यस बैंकलाई सञ्चालन अनुमति दिइएको थियो।

यस बैंकले ऋणपत्र निष्काशन गर्ने तथा अन्य संस्थागत निक्षेप संकलन गर्न पाउँछ। बैंकले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको