काठमाडौँ – आज मंगलबार सुनको भाउ तोलामा ८०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९४ हजार १०० रुपैयाँमा कारोबार हुनेछ ।
यसअघि अर्थात हिजो सोमबार भने ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो । सोही परिमाणको तेजावी सुनलाई आज प्रतितोला ९३ हजार ६०० रुपैयाँ पर्नेछ ।
यता, चाँदीको भाउ पनि घटेको छ । हिजो सोमबार प्रतितोला एक हजार ३१५ रुपैयाँमा कारोबार भएको चाँदी आज एक हजार ३०० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।
