वडाको सहयोगमा ४० वर्षसम्म बाँझो रहेको जमिनमा आलु खेती

डम्बर निदाल
डडेल्धुरा – पछिल्लो समय डडेल्धुरामा व्यवसायीक रुपमै आलु खेती गर्नेहरुको लहर नै चलेको छ । विभिन्न सरकारी निकायवाट आर्थिक सहयोग पाउनुका साथै आलु खेतीबाट राम्रो आम्दानी हुन थालेपछि डडेल्धुरामा आलु खेती गर्नेको लहर नै चलेको हो । जिल्लाको नगरपालिका तथा गाउँपालिकाका विभिन्न स्थानमा आलु खेती गरिन थालेको छ ।
यसैक्रममा जिल्लाको अमरगढी नगरपालिका—६ मा ४० वर्षसम्म बाँझो रहेको जमिनमा आलुखेती सुरु गरेका छन् । अमरगढी नगरपालिका ७ पोखरा वजारमा पसल थापेर बसेका अमरगढी नगरपालिका ६ दुमडाका डम्वरराज भट्टले गाउँमै बाँझो रहेको जमिनमा आलुखेती गर्न थालेका हुन् ।

अमरगढी नगरपालिका वडा नम्वर ६ ले केही आर्थिक सहयोगका साथै बैंकवाट कृषि ऋण लिएर आलु खेती गरेका छन् । उनले ३ रोपनी क्षेत्रफलमा आलु खेती गरेका छन् । आलु खेतीबाट राम्रो आम्दानी हुने भएपछि आफु व्यवसायीक रुपमै आलु गर्न थालेको भट्टले वताए । करिव ४० वर्षसम्म बाँझो रहेको जमिनमा व्यवसायीक रुपमै आलु खेतीगर्न थालेपछि वडा कार्यालयबाट पनि आर्थिकका साथै प्राविधिक सहयोग गर्न थालेको अमरगढी नगरपालिका वडा नम्वर ६ का वडा अध्यक्ष गोविन्दराज भट्टले बताए । ‘गाउँमा उदाहरणीय काम गरेका छन्,जो कामवाट स्थानिय स्तरमा अरुले पनि सिको गर्नेछन् । साथै वडा कार्यालयवाट सकिने सम्मको सहयोग गरिने उनले बताए ।

उनी मात्रै नभई जिल्लाका विभिन्न स्थानमा युवाहरु मिलि सामुहिक रुपमा व्यवसायीक रुपमै आलुखेती गर्न थालेका छन् । युवाहरुले सामुहिक रुपमै आलु खेतीगर्न थालेपछि डडेल्धुरामा आलु उत्पादनमा पनि वृद्धि भएको छ । जिल्लाको गन्यापधुरा गाउँपालिकामा चौध जना युवाहरुले सामुहिक रुपमा आलु खेती गर्न थालेका छन । युवाहरुले करिब चार सय रोपनीमा यस वर्ष आलु लगाएका छन । पर्देशी जीवनबाट दिक्क भएका युवाहरु घरछेउमै सामूहिक कृषि खेतीमा लागि परेका हुन ।

गन्यापधुरा गाउँपालिका–१ पारिखेतमा युवाहरुले गहुँ रोप्ने खेतलाई भाडामा लिई व्यवसायिक आलु तरकारी खेती गर्न थालेका छन । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई कार्यालय डडेल्धुराको आलु मूल बिउ, मल तथा आवश्यक उपकरण र प्राबिधिक सहयोगमा युवाहरुले आलु खेती शुरु गरेका हुन ।

डडेल्धुरामा अहिले आलुखेती फष्टाउदै गएको छ । गाउँको विकास र समृद्धिका सपना बोकेका युवाहरुलाई गाउँपालिकाले सक्दो सहयोग गर्ने गाउँपालिकाले जनाएको छ । आलुखेती लगायत बिभिन्न तरकारी वाली र कुषि पशु पालनमा गाउँपालिकाले प्राथमिकताका साथ काम गरिरहेको गन्यापधुरा गाउँपालिका अध्यक्ष नबल बहादुर मल्लले बताए । हाल डडेल्धुरामा ५ सय हेक्टर क्षेत्रफलमा आलु खेती भईरहेको कृषि ज्ञानकेन्द्र डडेल्धुराको तथ्यांकमा उल्लेख गरिएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको