काठमाडौं – नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेटमा होबार्ट हरिकेन्सका लागि सिड्नी थन्डरविरुद्ध १ विकेट लिएका छन् ।
यो विकेटसँगै सन्दीपको बीबीएलमा यो सिजन तीन खेलबाट चार विकेट भएको छ । सिड्नीविरुद्ध होबार्टले टस जितेको बलिङ गरिरहेको छ । सन्दीपले पहिलो खेलमा दुई विकेट लिएका थिए । दोस्रो र तेस्रो खेलमा एक-एक विकेट लिए ।
आजको खेमला सन्दीपले चार ओभर बलिङ गर्दै २३ रन खर्चे । लिगमा होबार्ट ७ खेलमा १८ अंक जोडेर तेस्रो स्थानमा छ ।
