जर्मन बुन्डेस लिगा फुटबलमा बोरोसिया डर्टमण्डले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा डर्टमण्डले आरबी लाइपजिगविरुद्ध ३–१ गोलको सहज जित निकालेको हो ।

लाइपजिगको घरेलु मैदानमा भएको खेलमा डर्टमण्डलाई जित दिलाउन इर्लिङ हालान्डले दुई गोल गरे । त्यस्तै जोर्डान सान्चोले एक गोल गर्न सफल भए । यता लाईपजिगका लागि आलेक्सेन्डरले एक गोल गरे ।

डर्टमण्डले तीन वटै गोल दोस्रो हाफमा गर्न सफल भएको थियो । खेलको ५५ औं मिनेटमा सान्चोले गोल गर्दै पाहुना टोलीलाई अग्रता दिलाएका थिए ।

७१ औं मिनेटमा हालान्डले गोल गर्दै डर्टमण्डको अग्रता दोब्बर पारे । ८४ औं मिनेटमा हालान्डले ब्यक्तिगत दोस्रो गोल गर्दै टिमलाई ३–० को गोेलसँगै जित नजिग पुगाए ।

खेलको इन्ज्यूरी समयमा आलेक्ससेन्डर सोर्टले गोल गरेपनि टिमको हार टार्न सकेनन् । जितसँगै डर्टमण्डले आफूलाई शीर्ष चारमा स्थापित गरेको छ । लिगमा १५ खेल खेलेको डर्टमण्डको २८ अंक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here