काठमाडौँ – बंगलादेशमा सम्पन्न बंगबन्धु शेख मुजाहिद्धिन साउथ एसियन म्याराथनको उपाधि नेपालकी धावक पुष्पा भण्डारीले जितेकी छन्।
आइतबार राजधानी ढाकामा भएको प्रतियोगिताको उपाधि पुष्पाले जितेको प्रशिक्षक चन्द्र गुरुङले जानकारी दिए। पुष्पाले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेकी थिइन्।
उनले प्रतियोगिताको दक्षिण एसियाली महिलातर्फ स्वर्ण जितेकी हुन्।
उनले भारतीय खेलाडीलाई ६ मिनेटले पछि पार्दै स्वर्ण जितेकी हुन्।
पुष्पाले निर्धारित दुरी २ घण्टा ५९.४१ सेकेण्डमा पुरा गरिन्।