काठमाडौं – नेपाली राष्ट्रिय महिला भलिबल टिमले ‘टिम अफ दी इयर’ अवार्ड प्राप्त गरेको छ ।

ललितपुरको सातदोबाटोस्थित कराते हलमा मंगलबार आयोजना भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ मा महिला भलिबल टिमले ‘टिम अफ दि इयर’ अवार्ड प्राप्त गरेको हो ।

महिला भलिबल टिमले २०७६ सालमा उत्कृष्ट प्रदर्शन गर्दै ऐतिहासिक पदक जितेको थियो ।

महिला टिमले गत वर्षको कात्तिकमा बंगलादेशमा भएको एभीसी एसियन सेन्ट्रल जोन सिनियर महिला भलिबल च्याम्पियनसिप स्वर्ण जितेको थियो । यस्तै महिला टिमले १३औं सागमा ऐतिहासिक रजत पदक जितेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here