एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड वर्ष महिला खेलाडीमा पौडीकी गौरिका सिंह घोषित भएकी छन्। विजेता गौरिकाले एक थान पल्सर मोटरसाइकल प्राप्त गरेकी छन्।

गौरिकाले गत वर्ष नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद (साग) मा ४ वर्ष पदक जित्दै तेक्वान्दोका ओलम्पियन दिपक विष्टसँगको कीर्तिमान बराबर गरेकी थिइन्।

सागमा उनले ४ स्वर्ण, दुई रजत र तीन कास्य पदक जित्दै सर्वाधिक पदक विजेता खेलाडी बनेकी थिइन्। गत वर्षको वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदमा पौडीका सबै १२ स्पर्धामा स्वर्ण पदक जितेकी थिइन्।

महिला वर्ष खेलाडीमा पौडीकी गौरिकासँगै करातेका अनु अधिकारी, तेक्वान्दोकी आयशा शाक्य, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ट्रायथलनकी सोनी गुरुङ मनोनयनमा परेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here