काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । साताको पाचौं दिन सुनको मूल्य आज ८ सय रुपैंयाँले घटेको हो ।
आज सुन प्रतितोला ९२ हजार १ सय रुपैंयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय कायम गरिएको छ ।
चाँदीको मूल्य पनि आज घटेको छ । आज चाँदी १५ रुपैंयाँले बढेर १ हजार २४५ रुपैंयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।
