माघ २ बाट इन्फ्रास्ट्रक्चरको आईपीओ खुल्ने, कहिलेसम्म भर्ने आवेदन ?

काठमाडौं – नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको आईपीओ माघ २ गते देखि विक्री खुला हुदैंछ । कम्पनीले हालसम्मकै सर्वाधिक रू. ८ अर्ब बराबरको ८ करोड कित्ता आईपीओ विक्री गर्ने भएको हो ।
कुल ८ करोड कित्तामध्य ७ करोड ५८ लाख ४० हजार कित्ता कम्पनीले सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो । बाँकी ५ प्रतिशत दरले ४० लाख कित्ता सामूहिक लगानीकोषका लागि र शून्य दशमलव २ प्रतिशतका दरले १ लाख ६० हजार कित्ता शेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । सबै आवेदकको भागमा पर्ने निश्चित रहेको यो आईपीओ छिटोमा माघ ६ गते र ढिलोमा माघ १६ गतेसम्म विक्रीमा रहनेछ । माग बमोजिम आवेदन परेमा छिटो अवधिभित्रै विक्री बन्द हुने कम्पनीले जानकारी दिएको छ ।
कम्पनीले यो आईपीओ विक्री गर्न पुस १० गते नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । बैंकले उक्त आईपीओ विक्रीको अनुमति माग गर्दै मंसिर ८ गते बोर्डमा निवेदन दिएको थियो । अधिकतम पूँजी रू. ४० अर्ब र जारी पूँजी रू. २० अर्ब रहेको बैंकको हाल चुक्तापूँजी रू. १२ अर्ब रहेको छ ।
आगामी वर्षभित्र ८ प्रतिशत पूँजी बढाउने प्रक्षेपण कम्पनीले गरेको छ । २०७५ साल फागुन २२ गतेदेखि पूर्वाधार विकास बैंकको रुपमा कारोबार सञ्चालन गर्दै आएको यस बैंकले पूर्वाधारका परियोजनाहरुमा कर्जाको रुपमा प्रवाह गर्न र बाँकी रकम उच्च प्तिफल दिने धितोपत्र बजारका उपकरणहरुमा लगानी गर्ने गरी आईपीओ मार्फत पूँजी संकलन गर्न लागेको हो ।
कम्पनीले आर्थिक वर्ष ०७७ र ७८ मा चुक्तापूँजी रू. २१ अर्ब ६० करोड चुक्तापूँजी कायम गर्ने प्रक्षेपण गरेको हो । संस्थापकतर्फ हाल ६० प्रतिशत शेयर स्वामित्व कायम रहेको कम्पनीले सर्वसाधारणमा जारी पूँजीको ४० प्रतिशत हिस्सा शेयर विक्री गर्न लागेको हो ।

यो आईपीओ विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ भने प्रत्याभूतिकर्ता नागरिक लगानीकोष रहेको छ । खरिद कर्ताहरुले विक्री प्रबन्धसँगै आस्बा सेवामा सहभागी सम्पुर्ण बैंक तथा वित्तीय संस्थाबाट र मेरो शेयर सफ्टवेयरसँगै मेरो शेयर एपबाट पनि आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले बैंकको वित्तीय अवस्था मध्यम रहेको संकेत गर्ने “इक्राएनपी आईआर त्रिपल बी” रेटिङ्ग प्रदान गरेको छ । गत आर्थिक वर्ष ०७६÷७७ मा कम्पनीले रू. १ अर्ब २३ करोड ४३ लाख ७१ हजार खुद नाफा गरेको छ । यस अवधिसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ रू. ११३ दशमलव ६२ र प्रतिशेयर आम्दानी रू. ७ दशमलव शून्य ६ रहेको छ ।

 

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको