बागमतीको सानदार जित

काठमाडौं – साविक विजेता पुलिसलाई ७ विकेटले हराउँदै बागमती प्रदेशले चौथो संस्करणको प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसिय क्रिकेट प्रतियोगितामा सानदार विजयी सुरुवात गरेको छ ।
जितको लागि १ सय १२ रनको सामान्य विजयी लक्ष्य पछ्याएको बागमतीले ३४।४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । बागमतीका मध्यक्रमका ब्याट्सम्यान तथा उपकप्तान पृथु बास्कोटा ६६ बलमा ५ चौका र ३ छक्का सहित ४८ रनमा अविजित रहे । ईशान पान्डे ६६ बलमा २ चौका सहित १७ रनमा अविजित रहे । पृथुले ३५ औं ओभरको चौथो बलमा स्पिनर ललितनारायण राजवंशीलाई लङअनमा उत्कृष्ट छक्का प्रहार गर्दै खेल सकाएका थिए ।
त्यसअघि टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको पुलिस २९।३ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो । बागमतीको बलिङ सामु पुलिसका कुनैपनि ब्याट्सम्यानले क्रिजमा टिकेर जिम्मेवारी प्रर्दशन गर्न नसक्दा सस्तैमा अल आउट हुन पुगेको थियो ।
पुलिसले दोस्रो खेलमा टियुमा माघ ७ मा सुदूरपश्चिमविरुद्ध खेल्ने छ । यस्तै, बागमतीले सोमबार टियुमा सुदूरपश्चिमसँग खेल्ने छ ।

 

सिफारिस

संसद्‍मा भएको भिडन्तको सबै जिम्मा सभामुखले लिनुपर्छ : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभामा बिहीबार भएको घटनाको जिम्मेवारी सभामुख देवराज घिमिरेले लिनुपर्ने जनाएको छ । संसद् बैठक लगत्तै पत्रकार सम्मेलन गरेर कांग्रेसले बिहीबार प्रतिनिधिसभा बैठकमा...

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । प्रतिनिधिसभाको हिजोको बैठक सुरु हुनासाथ प्रतिपक्षी नेपाली...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी टी२० विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिज जाने पक्का भएको छ। बुधबार उच्च अदालत, पाटनले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौँ - सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ...

सन्दीप लामिछाने विश्वकपका लागि अमेरिका जाने पक्का, आईसीसीले दियो अनुमति

काठमाडौं - नेपाली स्टार लेग स्पिनर सन्दीप लामिछाने आईसीसी...

आजको मौसम: यी चार प्रदेशमा हल्का वर्षा, तराईमा तातो हावा चल्ने

काठमाडौँ - हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको...

डा. गोविन्द केसीले अनसन स्थगित

काठमाडौँ - डा. गोविन्द केसीले अनसन स्थगित गरेका छन्...

पूर्वप्रधानसेनापति थापाको निधन

पूर्वप्रधानसेनापति धर्मपालवर सिंह थापाको निधन भएको छ। लामो समयदेखि...

मन्त्रिपरिषद् बैठक: के के गर्यो निर्णय ?

काठमाडौं- मन्त्रिपरिषद्को बिहीबार दिउँसो बसेको बैठकले फिनल्याण्ड सरकारबाट प्राप्त...

धेरै पढिएको