अब मेगा बैंकबाट ‘वीच्याट–पे’ भुक्तानी सेवा लिन सकिने

काठमाडौं – अब मेगा बैंकबाट ‘वीच्याट–पे’ सँग भुक्तानी सेवा लिन सकिने भएको छ । मेगा बैंक नेपाल लिमिटेडले छिमेकी मुलक चीनको प्रख्यात ‘वीच्याट–पे’ सँग भुक्तानी सेवाका लागि साझेदारी गरेको हो । यो सम्झौतापछि ‘वीच्याट–पे’ मोबाइल वालेट प्रयोगकर्ताहरुले मेगा बैंक अन्तर्गतका मर्चेन्टहरुमा राखिएका क्यूआर कोड स्क्यान गरी डिजिटल रुपमा रकम भुक्तानी गर्न सकिने ब्यवस्था मिलाइएको बैंकले जनाएको छ ।

नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरु तथा नेपालवाट सामान आयात गर्ने चिनियाँ व्यापारीहरुले अब बिभिन्न सामाग्री तथा सेवाको लागि ‘वीच्याट–पे’ मार्फत रकम भुक्तानी गर्न सक्ने छन् । नेपालमा वर्षेनी लाखौं चिनियाँ पर्यटकहरु आउने गरेका छन् । चीनमा निकै लोकप्रिय रहेका ‘वीच्याट–पे’ मार्फत नेपालमा रकम भुक्तानी गर्न पाउँदा चिनियाँ पर्यटकहरु लाभान्वित हुनेछन् भने राष्ट्रलाई विदेशी मुद्रा आर्जनमा सघाउ पुग्ने मेगा बैंकको विश्वास रहेको छ ।

डिजिटल बैंकिङ सेवालाई प्राथमिकतामा राख्दै आएको मेगा बैंकले भुक्तानी सेवालाई सहज र प्रभावकारी बनाउन आगामी दिनमा पनि यस्ता साझेदारीलाई प्राथमिकता दिने योजना बनाएको बैंकका प्रमुख बजार अधिकृत (सीएमओ) मनोज खड्काले बताए ।

सिफारिस

को हुन् एमालेबाट राष्ट्रियसभा सदस्यमा मनोनीत शाक्य ?

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा.अन्जान शाक्यलाई राष्ट्रियसभा सदस्यमा मनोनीत गरेका छन्। नेपालको संविधानको धारा ८६ को उपधारा (२) को खण्ड (ख) बमोजिम शाक्यलाई राष्ट्रियसभा...

विद्यार्थी भर्ना गर्दा एक महिनाको भन्दा बढी र अर्को कक्षामा भर्ना गर्दा शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क प्रतिमहिना निर्धारण भएको शुल्कको १ महिनाको भन्दा बढी लिन नपाउने भएका छन् । महानगरले बिहीबार एक...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त स्थान पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। आज बिहानै सेनाले एक सूचना प्रकाशित गर्दै ती पद...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

विद्यार्थी भर्ना गर्दा एक महिनाको भन्दा बढी र अर्को कक्षामा भर्ना गर्दा शुल्क लिए कारबाही

काठमाडौं । काठमाडौं महानगरपालिका भित्रका विद्यालयले विद्यार्थी भर्ना शुल्क...

नेपाली सेनाले माग्यो ठूलो संख्यामा दरखास्त (सूचनासहित)

काठमाडौं -नेपाली सेनाले सैन्य तथा विभिन्न ट्रेड फलोअर्सको रिक्त...

विदा भए प्रहरीका एआईजी सन्दीप र मीरा

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त...

यी चार प्रदेशमा आज मेघगर्जन र चट्याङसहित वर्षा हुने

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव...

कस्तो रहला आजको मौसम ?

यतिबेला (बिहीबार बिहान) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश...

धेरै पढिएको