प्रधानमन्त्री कप क्रिकेट : कर्णालीलाई पराजित गर्दै एपिएफ शीर्ष स्थानमा

काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा विभागीय टीम सशस्त्र प्रहरी बल (एपिएफ)ले कर्णाली प्रदेशलाई ७१ रनले पराजित गर्दै तेस्रो जित निकालेको छ । २ सय १८ रनको लक्ष्य पछ्याएको कर्णाली प्रदेशले १ सय ४७ रन मात्रै बनाउन सक्यो ।

कर्णालीका लागि हेमन्त ओलीले अर्धशतकीय पारी खेले । १ सय २ बलको सामना गरेका उनले ६ चौकाको मद्दतमा ५८ रन जोडे । यस्तै हिमांशु शाही २०, कप्तान रविन्द्र शाहीले १४ रन बनाए ।

कर्णालीलाई सस्तैमा समेट्न एपिएफका बसन्त रेग्मी र किशोर महतोले समान ३–३ विकेट लिए ।

त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको एपिएफले ४९ ओभर ५ बलमा सबै विकेट गुमाएर २ सय १८ रन बनाएको थियो । उसका लागि सन्दीप सुनारले ६० रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै अमर रौटेलाले ३१ रन जोड्दा सुवास खकुरेलले २३ रन बनाए ।

भुवन कार्की र शंकर रानाले समान १५ रन बनाउदा बसन्त रेग्मीले १४ रन बनाए । सुमित महर्जन १० रनमा आउट हुँदा कप्तान शरद भेषवाकर ८ रन बनाएर आउट भए । किशोर महतो १३ रनमा अविजित रहे । बलिङतर्फ कर्णालीका कप्तान रविन्द्र शाही र अनुज चुनाराले ३–३ विकेट लिए । दिवान पुन र राज साहले २–२ विकेट लिए ।

जितसँगै एपिएफ समूह ‘ए’को अंकतालिकाको शीर्ष स्थानमा छ ।

सिफारिस

१२ वर्षे हरिसिद्धि भवानीको फूल्चोकी माई दर्शन चैत्र १७ गते हुने

हरिसिद्धि भवानीको १२ वर्षे पर्व फूल्चोकी माई दर्शन यहि आउँदो चैत्र १७ गते हुने भएको छ। बिहीवार ललितपुरमा पत्रकार सम्मेलन गरी श्री हरिसिद्धि भवानी...

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा...

पूर्वडीआईजी रमेश खरेलले छाडे राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी...

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’...

धेरै पढिएको