काठमाडौँ – नेपाली बजारमा आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार तोलामा ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन साताको पहिलो दिन आइतबार प्रतितोला ३०० रुपैयाँले घटेर ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यसैगरी तेजावी सुन तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।
आइतबार चाँदीको भने मूल्य स्थिर रहेको छ । शुक्रबार तोलामा १२६० रुपैयाँमा कारोबार भएको चाँदी आइतबार पनि सोही मूल्यमा कारोबार भएको हो ।
