काठमाडौं – नेपाली बजारमा आज (सोमबार) सुनको मूल्य घटेको छ । आइतबार तोलामा ३०० रुपैयाँले घटेको सुनको मूल्य आज (सोमबार) पनि २०० ले घटेको हो ।
अघिल्लो दिन प्रतितोला ९२ हजार ६०० रहेको छापावाल सुनको मूल्य सोमबार ९२ हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य सोमबारका प्रतितोला ९१ हजार ९०० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १२ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।
