बिग ब्यास : सन्दीप सम्मिलित टोली होबार्ट लिग चरणबाटै बाहिरियो

नेपाली लेगस्पिनर सन्दीप लामिछाने सम्मिलित होबार्ट हरिकेन्स बिग ब्यास लिग २०२०/२१ को लिग चरणबाटै बाहिरिएको छ । आफ्नो लिग चरणको अन्तिम खेलमा होबार्ट मेलबर्न रेनेगड्ससँग ११ रनले पराजित भएसँगै अघिल्लो चरणको सम्भावना सकिएको हो ।

जितको लागि १ सय ५१ रनको विजयी लक्ष्य पछ्याएको होबार्टले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ३९ रन बनायो । होबार्टका डेविड मलानले ३६ बलमा २ चौका सहित सर्वाधिक ३४ रनको योगदान दिए ।

अन्तिम बलमा ब्याटिङ गर्न आएका सन्दीप एक रन जोड्दै अविजित रहे । रेनेगड्सका ज्याक इभान्सले ४ ओभरमा ३३ रन खर्चेर ५ विकेट लिए ।

त्यसअघि मेलबर्न क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको रेनेगड्र्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ५० रन बनाएको थियो । रेनेगड्सका लागि तल्लोक्रमका ब्यूउ वेबस्टरले ३५ बलमा ४ चौका र १ छक्का सहित ५४ रनमा अविजित रहेका थिए ।

होबार्टका राइली मेरिडीथले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिएका थिए । सन्दीपले ४ ओभरमा ३५ रन खर्चेपनि विकेट लिन सकेनन् ।

होबार्ट १४ खेलमा समान ७ मा जित र हार सहित २८ अंकका साथ छैटौं स्थानमा रहँदै बाहिरिएको छ । सन्दीपले बिग ब्यास लिग यो सिजन ८ विकेट लिँदै यात्रा सकाएका छन् ।

सिफारिस

कोसी, बागमती र गण्डकी प्रदेश मध्यरातिदेखि वर्षा, कस्तो रहला दिनभरको मौसम ?

कोसी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको...

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी उपरीक्षक (एसपी) मा बढुवाका लागि सिफारिस भएका छन्। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको बुधबार बसेको बैठकले...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले जित्न सफल भएकी छिन् । मंगलबार काठमाडौँको राष्ट्रिय नाचघर जमलमा सिजन मिडियाद्वारा आयोजित प्रतियोगितामा १६...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा, को-को परे ?

नेपाल प्रहरीका ८ जना प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रहरी...

आर्जु पौडेलले जितिन् ‘मिस इकलेज २०२४’ को उपाधी

काठमाडौँ – ‘मिस इकलेज २०२४’ को उपाधी आर्जु पौडेलले...

एमालेनिकट अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा पक्राउ

नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी समिति सदस्य रक्षा...

पूर्वडीआईजी रमेश खरेलले छाडे राष्ट्रिय स्वतन्त्र पार्टी

पूर्वडीआईजी रमेश खरेलले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी...

रक्षा नेपालकी संस्थापक मेनुकालाई नेशनल सोसल वेलफेयर अवार्ड

रक्षा नेपालकी संस्थापक मेनुका थापालाई  ‘नेशनल सोसल वेलफेयर अवार्ड’...

सिजन मिडियाद्धारा २३ व्यक्ति र संस्थालाई नेसनल सोसल वेयलफेयर अवार्ड (तस्वीरहरू)

काठमाडौँ -  सिजन मिडिया प्रालिले विभिन्न विधाका गरी २३...

धेरै पढिएको