काठमाडौँ – नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
सुन बुधबार प्रतितोला ७०० रुपैयाँले घटेर तोलामा ९२ हजार १०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै तेजावी सुन तोलामा ९१ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । चाँदी बुधबार ५ रुपैयाँले घटेर १२५० रुपैयाँमा कारोबार भएको हो ।