अबु धाबी टि-१० लिग युनाइटेड अरब इमिरेट्समा सुरु भएको छ । मराठाले नेपाली अलराउण्डर सोमपाल कामिलाई पहिलो खेलमै अन्तिम-११ मा मौका दिएको छ।
लिगको उद्घाटन खेलमा नेपाली फास्ट अलराउण्डर सोमपाल कामि आबद्ध टिम तथा डिफेन्डिङ च्याम्पियन समेत रहेको मराठा अरबियन्सले नर्थर्न वारियर्ससंग प्रतिस्पर्धा गर्दैछ। मराठाको कप्तान पाकिस्तानी क्रिकेटर शोयब मालिक हुन् भने नर्थर्न वारियर्सको कप्तानी वेस्टइन्डिज क्रिकेटर निकोलस पुरनले गर्दैछन्।
खेलमा टस जितेर मराठाले फिल्डिंग रोजेको छ। खेल नेपाली समय ५:४५ बजे देखि सुरु भएको छ ।
सोमपालले मराठाको लागि डेब्यु क्याप पाएका छन्।