काठमाडौँ – नेपाली बजारमा आज (शुक्रबार) सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्यमा वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य प्रतितोला ९२ हजारमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार पनि छापावाला सुन तोलाको ९२ हजार कारोबार भएको थियो ।
त्यस्तै शुक्रबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ५ सय रहेको छ ।
त्यसैगरी शुक्रबार चाँदीको मुल्यमा भने वृद्धि भएको छ । आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेर तोलामा १२ सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
