काठमाडौँ – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मुल्य तोलामा १ सयले बढेर प्रतितोला ९२ हजार १०० मा कारोबार भइरहेको छ ।
यसअघि शुक्रबार छापावाला सुन तोलाको ९२ हजारमा कारोबार भएको थियो ।
त्यस्तै आइतबार तेजावी सुनको मुल्य प्रतितोला ९१ हजार ६ सय रहेको छ ।
त्यसैगरी आइतबार चाँदीको मुल्यमा पनि बढेको छ । आज चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर तोलामा १३ सय २० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
