काठमाडौं – नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ ।
सुन आज प्रतितोला ९२ हजार ६०० रुपैंयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजावी सुनको मूल्य ९२ हजार १०० रुपैंयाँ रहेको छ ।
यता चाँदीको मूल्य भने आज २० रुपैयाँले घटेको छ । चाँदी आज १ हजार ३८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य ८० रुपैयाँले बढेको थियो ।
